जनकपुरधाम । सर्लाहीको मलंगवाबाट ठूलो परिणाममा नक्कली नेपाली नोटसहित पाँच जना पक्राउ परेका छन् ।
प्रहरीका अनुसार पक्राउ पर्नेमा सर्लाहीको धनकौल गाउँपालिका–७ बैरियाका ४८ वर्षीय दुलार सहनी, ब्रह्मपुरी गाउँपालिका–२ का ५० वर्षीय रामपृत सहनी, सोही ठाउँकी ३५ वर्षीया सिहानताकुमारी देवी, महोत्तरीको सोनमा गाउँपालिका–७ सुन्दरपुरका ४२ वर्षीय खुर्सैद उर्फ सुल्तान मंसुर, रौतहटको गढीमाई नगरपालिका–९ चिलमिलियाका ५६ वर्षीय रामनारायण सहनी रहेका छन् ।
उनीहरुलाई मलंगवा नगरपालिका–८ गोरखकाली नाकाबाट एक लाख ७६ हजार रुपैयाँ नक्कली नेपाली नोटसहित पक्राउ गरिएको सर्लाही प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार बा४७प ८७५७, बीआर ३० सी ४७६६, र बीआर ३० एआई ३०४९ नम्बरका मोटरसाइकलमा सवार भएर नेपाल प्रवेश गर्दै गर्दा ठूलो परिमाणमा नक्कली नोट फेला परेको हो । एक हजार दरको नोटको ८८ बन्डल बरामद गरिएको प्रहरीले जनाएको छ । ती बन्डलमा तलमाथि एकरएक वटा नक्कली नोट राखेर बीचमा सेतो कागज राखिएको थियो ।
पक्राउ परेकाहरुविरुद्ध मुद्रा सम्बन्धी कसूरमा सर्लाही जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
काठमाडौँ । प्रहरी महानिरीक्षक(आईजीपी) दानबहादुर कार्कीले नेपाल प्रहरीको नीति समन्वय समिति (पीसीसी) को बैठक बोलाएका छन्। बिहीबार दिउँसो २ बजे नक्सालस्थित प्रहरी प्रधान कार्यालयमा...
काठमाडौँ। मकवानपुरको भीमफेदी गाउँपालिका –०८, ईपादेउरालीस्थित भित्री सडकखण्डमा बसको ठक्करबाट ६३ वर्षीया पैदलयात्रीको घटनास्थलमै मृत्यु भएको छ । बिहीबार बिहान करिब ०७:३० बजे ईपाबाट हेटौँडातर्फ...
काठमाडौँ। नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा तातोपानी नाका सञ्चालनमा ध्यान दिन सुझाव दिएका छन् । सामाजिक सञ्जालमा टिप्पणी गर्दै...
काठमाडौँ। आगामी कात्तिक १५ गतेदेखि नागढुंगा सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनबाट सडक उपभोग दस्तुर (टोल शुल्क) संकलन गरिने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत...
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यहरूको शपथ ग्रहण आज हुँदै छ । केन्द्रीय निर्वाचन समितिले असोज अन्तिम साता सम्पन्न...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend