रौतहट । जिल्ला प्रहरी कार्यालय रौतहटको घुमुवा हुँ भन्दै किसानसँग पैसा मागिरहेका एक जना नक्कली प्रहरी सक्कली प्रहरीको फन्दामा परेका छन्।
नक्कली प्रहरीको रुपमा पक्राउ पर्नेमा गरुडा नगरपालिका-८ बिर्तागाउँका ४४ वर्षीय सदरे आलम रहेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी दीपककुमार रायले बताए।
शुक्रबार दिउँसो गौर चन्द्रिगाहपुर सडकखण्ड अन्तर्गत बिर्ता चोकमा आलमले आफू जिल्लाको घुमुवा प्रहरी बताएर किसानले ल्याउँदै गरेको मलखाद रोकेर पैसा मागिरहेका थिए।
उक्त सूचनाको आधारमा प्रहरी चौकी बिर्ताबाट गएको टोलीले उनलाई पक्राउ गरेको थियो। आरोपी आलम हाल एलाका प्रहरी कार्यालय गरुडाको हिरासतमा रहेको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटको सूचनामा उल्लेख गरिएको छ।
काठमाडौँ । प्रहरी महानिरीक्षक(आईजीपी) दानबहादुर कार्कीले नेपाल प्रहरीको नीति समन्वय समिति (पीसीसी) को बैठक बोलाएका छन्। बिहीबार दिउँसो २ बजे नक्सालस्थित प्रहरी प्रधान कार्यालयमा...
काठमाडौँ। मकवानपुरको भीमफेदी गाउँपालिका –०८, ईपादेउरालीस्थित भित्री सडकखण्डमा बसको ठक्करबाट ६३ वर्षीया पैदलयात्रीको घटनास्थलमै मृत्यु भएको छ । बिहीबार बिहान करिब ०७:३० बजे ईपाबाट हेटौँडातर्फ...
काठमाडौँ। नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा तातोपानी नाका सञ्चालनमा ध्यान दिन सुझाव दिएका छन् । सामाजिक सञ्जालमा टिप्पणी गर्दै...
काठमाडौँ। आगामी कात्तिक १५ गतेदेखि नागढुंगा सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनबाट सडक उपभोग दस्तुर (टोल शुल्क) संकलन गरिने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत...
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यहरूको शपथ ग्रहण आज हुँदै छ । केन्द्रीय निर्वाचन समितिले असोज अन्तिम साता सम्पन्न...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend