काठमाडौँ । कपिलवस्तु प्रहरीले स्रोत नखुलेको २८ लाख ९० हजार रुपैयाँसहित चार जनालाई पक्राउ गरेको छ । नेपाल रुपैयाँ १४ लाख ५० हजार र भारतीय रुपैयाँ ९ लाख सहित चारलाई पक्राउ गरिएको कपिलवस्तुका प्रमुख प्रहरी उपरीक्षक (एसपी) निरञ्जन दत्त भट्टले जानकारी दिए ।
एसपी भट्टका अनुसार इलाका प्रहरी कार्यालय पिपराबाट खटिएको टोलीले बिहीबार दिउँसो २स्४५ बजे बाणगंगा नगरपालिका ४ जितपुर स्थित चार नम्बर चोकमा रहेको के।सी। फेन्सी पसलको गोदामबाट ९ लाख भारतीय रुपैयाँ बरामद गरेको थियो ।
प्रहरीले अन्डरग्राउण्डमा रहेको कपडाको गोदाममा बसिरहेको अवस्था प्रहरीले अर्घाखाँचीको सन्धिखर्क नगरपालिका ५ बस्ने ३० वर्षीय गोविन्द विकलाई नियन्त्रणमा समेत लिएको छ । उनको साथबाट पाँच सय दरका १ हजार ८०० थान भारतीय नोट बरामद भएको प्रहरीले जनाएको छ ।
यसैगरी मायादेवी गाउँपालिका ८ बस्ने ३८ वर्षीय सोमनाथ कसौधनको साथबाट एक हजार दरका १ हजार २९४ थान र पाँच सय दरका ३१२ थान नेपाली नोट बरामद गरिएको प्रहरीले जनाएको छ ।
उनीहरूसँगै रहेका रुपन्देहीको बुटवल उपमहानगरपालिका वडा नं. १६ बस्ने ४१ वर्षीय बसन्त खरेल र कपिलवस्तु नगरपालिका वडा नं. ११ बस्ने ४२ वर्षीय शेषनारायण गिरी समेत नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका सबैलाई भारतीय र नेपाली रुपैयाँसहित आवश्यक अनुसन्धानका लागि आन्तरिक राजश्व कार्यालय रुपन्देहीमा पठाइएको कपिलवस्तु प्रहरीले जनाएको छ ।
काठमाडौ । गृह मन्त्रालयले गएराति सुनसरीमा भएको घटनालाई लिएर त्यहाँका प्रमुख जिल्ला अधिकारी (सीडीओ) बासुदेव घिमिरेसहित सुरक्षा निकायका प्रमुखहरुलाई फिर्ता बोलाएको छ। प्रधानमन्त्री वालेन्द्र...
काठमाडौँ । शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका रजिस्ट्रार भीमबहादुर चन्दले आफूलाई पदमुक्त गर्न माग गर्दै अनशन बसेका डा। गोविन्द केसीलाई खुला पत्र लेखेका...
काठमाडौं । सुनसरीको देवानगञ्जमा दुई समुदायबीच भएको झडप र झडपपछि प्रहरीले गोली चलाएको घटनामा राष्ट्रिय मानव अधिकार आयोगले अनुसन्धान गर्ने भएको छ । आयोगका प्रवक्ता...
काठमाडौँ । संघीय संसद्का सदस्यलाई निजी स्वकीय सचिव (पीए) राख्न दिने सरकारको निर्णयविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश विनोद...
काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलसँग संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले भेटवार्ता गरेका छन्। सोमबार बिहान राष्ट्रपति भवन शीतल निवासमा उनीहरूबीच भेटवार्ता भएको हो। भेटमा समसामयिक राजनीतिक...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend