भैरहवा – रुपन्देहीको मायादेवी-२ महदेवा (डङ्गचाहावाका) का २९ बर्षिय युवाको गोली हानी हत्या भएको छ । शुक्रबार राती घर भएकै बेला राकेश सिंह लोध (राजु)माथि गोली प्रहार गरी हत्या भएको हो ।
रातीको बेला उनको शरीरमा गोली प्रहार भएको देखिन्छ , बिहान अवेरसम्म नउठेका उनलाई स्थानियले घरको बरन्डामा मृत अवस्थामा शव भेटिएको थियो । गोली लागेर उनको घटनास्थलमै मृत्यु भएको स्थानीयले बताएका छन ।
गोली हो वा कसरी मृत्यु भयो भन्ने खुलेको छैन घटनास्थलमा नेपाल प्रहरीको टोली अनुसन्धान गर्दैछ । रुपन्देही प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक सुरज कार्कीले आखाको माथि निधार र कन्चटमा चोट लागेको देखिएको पुष्टि गरे । विहान करिब ८ बजे प्रहरीलाई जानकारी प्राप्त भएपछि घटनास्थलमा प्रहरी पुग्दा रक्ताम्य मृत अवस्थामा भेटिएको उनले भने ।
शव पोष्टमार्टमाका लागि भैरहवा स्थित भीम अस्पताल पठाउन लागिएको छ । एक्लै बस्दै आएका लोध खेती किसानी गर्थे, घरायसी कारणलेउन्को हत्या भएको हुन सक्ने स्थानीयले जानकारी दिएका छन । लोधको टाउँकोमा २ राउण्ड गोली चलाईएको स्थानीयले बताएका छन । स्थानियका अनुसार दाजुभाई विच जग्गाको विषयमा केही महिना देखि विवाद चलेको र जग्गालाई लिएर आफ्नै दाईले हत्या गरेको हुन सक्ने आरोप छ । मृतकका दाजु दिपक लोध फरार छन् ।
काठमाडौँ । प्रहरी महानिरीक्षक(आईजीपी) दानबहादुर कार्कीले नेपाल प्रहरीको नीति समन्वय समिति (पीसीसी) को बैठक बोलाएका छन्। बिहीबार दिउँसो २ बजे नक्सालस्थित प्रहरी प्रधान कार्यालयमा...
काठमाडौँ। मकवानपुरको भीमफेदी गाउँपालिका –०८, ईपादेउरालीस्थित भित्री सडकखण्डमा बसको ठक्करबाट ६३ वर्षीया पैदलयात्रीको घटनास्थलमै मृत्यु भएको छ । बिहीबार बिहान करिब ०७:३० बजे ईपाबाट हेटौँडातर्फ...
काठमाडौँ। नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा तातोपानी नाका सञ्चालनमा ध्यान दिन सुझाव दिएका छन् । सामाजिक सञ्जालमा टिप्पणी गर्दै...
काठमाडौँ। आगामी कात्तिक १५ गतेदेखि नागढुंगा सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनबाट सडक उपभोग दस्तुर (टोल शुल्क) संकलन गरिने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत...
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यहरूको शपथ ग्रहण आज हुँदै छ । केन्द्रीय निर्वाचन समितिले असोज अन्तिम साता सम्पन्न...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend