काठमाडौं । नेपाल सरकार उर्जा मन्त्रालयले उद्योगीहरुको पक्ष लिई नेपाल विद्युत प्राधिकरणलाई विद्युत महसुल बक्यौता नउठाउन पटक–पटक ताकेता गरेको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।
समृद्धिका लागि सुशासन अभियान नामक संस्थाका तर्फबाट संस्थाका संयोजक पवित्रमणि शर्माले उर्जा मन्त्रालयले विद्युत नियमन आयोग र आयोगले नेपाल विद्युत प्राधिकरणलाई पटक–पटक काटेको पत्रसहित उजुरी हालेको हो ।
उर्जा मन्त्रालय, विद्युत नियमन आयोग र नेपाल विद्युत प्राधिकरणबीच लामो समयदेखि चलेको ‘विद्युत महसुल सम्बन्धी विवाद’ को विषयमा अख्तियार जानकार नै छ । विद्युत प्राधिकरणको काम विद्युत महसुल उठाउने हो । विद्युत महसुल नै नउठाऊ भन्दै उर्जा मन्त्रालयबाट पटक पटक निर्देशन तथा कथित छानबिन आयोग निर्माण गरी महसुल उठाउन रोक लगाइएको विषयबाट आयोग वेखबर छैन भन्दै समृद्धिका लागि सुशासन अभियान नामक संस्थालेले अख्तियारमा आज उजुरी दर्ता गराएको जनाएको छ ।
आवश्यक अनुसन्धान गरी कारबाहीको माग गर्दै दर्ता नम्बर सी–०५०१७३ मिति २०८१ फागुन १३ गतेको दर्ता भएको उक्त उजुरीमा भनिएको छ–पछिल्लो समय विद्युत नियमन आयोगलाई हतियार बनाएर पटक–पटक विद्युत प्राधिकरणलाई निर्देशन दिने काम भएको देखिन्छ । विद्युत नियमन आयोगले पनि विद्युत बक्यौता रकमको ५ प्रतिशतका दरले हुन आउने रकम शुल्कबापत लिई प्राधिकरणलाई पत्र लेख्नुपर्ने प्रावधानविपरीत विद्युत नियमन आयोगका अध्यक्ष रामप्रसाद धितालले उद्योगीसँग निजी ‘बेनिफिट’ लिई पटक पटक पत्राचार गरेको देखिन्छ । तसर्थ, यसरी अनियमितता गर्ने उर्जा मन्त्री दीपक खड्का, विद्युत नियमन आयोगका अध्यक्ष रामप्रसाद धिताल, उर्जा सचिव सुरेश आचार्य (जसले दुधकोशी जलविद्युत आयोजनाका प्रमुख कार्यकारी अधिकृत विमल गुरुङलाई हटाउन अख्तियार क्षेत्र बाहिर गएर सचिव स्तरिय निर्णय लिएका छन् ।) लगायतलाई छानबिन गरी आवश्यक कारवाहीका लागि सविनय अनुरोध गरिन्छ ।
उक्त संस्थाले थप भनेको छ–उर्जा मन्त्रालयले विद्युत नियमन आयोग, विद्युत नियमन आयोगले नेपाल विद्युत प्राधिकरण र उर्जा मन्त्रालयले सिधै नेपाल विद्युत प्राधिकरणलाई पटक–पटक काटेका पत्र समेत यसै निवेदन साथ संलग्न राखी उजुरी गरिएको छ । आशा छ सुशासन कायम गर्ने सन्दर्भमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यो निवेदन र यो विषयमा तत्कालै गम्भिर चासो लिनेछ ।
काठमाडौं । गृहमन्त्रालयले २३ उपसचिव र सहसचिवको सरुवा गरेको छ । मन्त्रालयले उपसचिव र सहसचिवको सरुवा तथा पदस्थापनसँगै केही जिल्लामा नयाँ प्रमुख जिल्ला अधिकारी...
काठमाडौं । त्रिभुवन विश्वविद्यालयको शिक्षाध्यक्षमा प्रा। अञ्जना सिंह र रजिस्ट्रारमा प्रा। रवीन्द्र शिवाकोटी नियुक्त भएका छन् । उपकुलपतिले गरेको सिफारिसका आधारमा विश्वविद्यालयका कुलपति तथा...
काठमाडौं । भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको उच्च व्यवस्थापन समूहको बिहीबारको बैठकले बसी रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावित क्षेत्रमा उद्धार...
काठमाडौँ । नेपाल मेडिकल काउन्सिल (एनएमसी)को रजिस्ट्रारमा डा.सुप्रभात श्रेष्ठ नियुक्त भएका छन् । उनले शुक्रबार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता समक्ष पद...
काठमाडौं । मधेश प्रदेश सरकारका प्रमुख सचिव शोभाकान्त पौडेलले कार्यभार सम्हाल्नासाथ प्रदेशभर अनियमित रुपमा काजमा कार्यरत कर्मचारीहरुलाई दरबन्दीमा पठाउने अभियान सुरु गरेका छन् । मधेश...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend