काठमाडौं । बहुप्रतीक्षित ‘लाज शरणम्’ ले चलचित्र जाँचपास समितिबाट युनिभर्सल सर्टिफिकेट पाएको छ । उच्च अदालत पाटनले कांग्रेस नेता मोहम्मद आफताब आलमको क्यारिकेचर गरेको सीताराम कट्टेलको भूमिकाको प्रचारप्रसार गर्न रोक लगाएको चलचित्रलाई सेन्सर बोर्डले प्रदर्शनको अनुमति दिएको हो । यससँगै चलचित्र रिलिजबारे देखिएको अन्योलसमेत अन्त्य भएको छ।
नेपालमा चलचित्र जाँचपास समितिले सेन्सर गरिएका चलचित्रलाई तीन किसिमको प्रमाणपत्र दिनेगर्छ। युनिभर्सल प्रमाणपत्र पाएका फिल्म सबैले हेर्न पाइन्छ भने ‘पीजी प्रमाणपत्र’ पाएका फिल्म बालबालिकाले अभिभावकको निगरानीमा र एडल्ट फिल्म १८ वर्षभन्दा माथिकाले मात्र हेर्न पाउँछन्।
शुक्रबार सञ्चार मन्त्रालयमा चलचित्रको जाँच गरिएकोमा चलचित्रसँग सम्बन्धित केही कुराहरू मिलाउनुपर्ने भन्दै टोलीलाई आइतबार पनि बोलाइएको थियो। चलचित्रको स्क्रिप्ट अध्ययनका क्रममा पनि चलचित्रको विषयवस्तु सामान्य नै पाइएको बताइएको थियो। त्यसपछि चलचित्रले प्रदर्शनको अनुमति पाएको हो ।
पूर्वमन्त्री अफताव आलमले आफूजस्तो देखिने चरित्र चित्रण गरेको भन्दै चलचित्रविरुद्ध पाटन उच्च अदालतमा निषेधाज्ञाको रिट दायर गरेका थिए। आलमको रिटमा सुनुवाइ गर्दै अदालतले सेन्सरअघि चलचित्रमा आलामको क्याचिकेचर गरिएको सीतारामको भूमिकाको प्रचारप्रसार नगर्न र नगराउन आदेश दिएको थियो। चलचित्र महाशिवरात्रीको अवसरमा प्रदर्शनमा आउँदैछ ।
काठमाडौं । नेपालीहरुको महान् पर्व बडादशैंअन्तर्गत आज विजया दशमी मनाइँदै छ । आज मान्यजनबाट देवीको प्रसादका रूपमा टीका, जमरा र आशीर्वाद ग्रहण गरिँदै छ...
काठमाडौं। महानवमीका दिन मात्र खुल्ने तलेजु भवानीको मन्दिर आज बिहान ५ बजेदेखि नै सर्वसाधारणका लागि खुला गरिएको छ। हनुमानढोका दरबार क्षेत्रमा रहेको वर्षमा एकपटक...
काठमाडौँ। लामो समयदेखि रिक्त लुम्बिनी विकास कोषको उपाध्यक्ष पदमा बौद्ध भिक्षुणी तथा गायिका आनी छोइङ डोल्मा (छोइङ डोल्मा लामा मोक्तान) लाई नियुक्त गरिएको छ। संस्कृति,...
काठमाडौँ। सूचना तथा सञ्चार मन्त्रालयले चलचित्र विकास बोर्डको अध्यक्ष पदका लागि खुल्ला दरखास्त आह्वान गरेको छ। मन्त्रालयले बोर्डको अध्यक्ष पदमा एक जना योग्य उम्मेदवार छनोट...
काठमाडौं । सरकारले तीन प्रतिष्ठानमा कुलपति, उपकुलपतिसहितका पदाधिकारी नियुक्त गरेको छ । नेपाल प्रज्ञा प्रतिष्ठान, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान र नेपाल संगीत तथा नाट्य प्रतिष्ठानमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend