काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी प्रमुख (सिइओ) मा राजनीतिक हस्तक्षेप भएको छ ।
गृहमन्त्री रमेश लेखकले हस्तक्षेप गर्दै मापदण्ड विपरित कांग्रेस नेता दिनेशप्रसाद भट्टलाई प्राधिकरणको सिइओमा पहिलो नम्बरमा सिफारिस गराएका हुन् ।
अन्तरवार्ताका लागि दिनेश प्रसाद भट्ट बैतडी, धर्मराज उप्रेती डडेल्धुरा, बसन्तराज अधिकारी कास्की, मन्दिप सुवेदी रोल्पा र सुमनकुमार कर्ण मोरङ छनौट भएकोमा अन्तर्वार्ताबाट छनौट समितिले भट्टलाई पहिलो, सुमन कर्णलाई दोस्रो र मन्दीप सुवेदीलाई तेस्रो नम्बरमा सिफारिस गरेको छ । अब बस्ने मन्त्रिपरिषद्को बैठकले तीन जना मध्ये एक जनालाई प्राधिकरणको सिइओमा नियुक्त गर्ने छ ।
गृह मन्त्रालयको सिफारिसमा मन्त्रिपरिषद्ले गृहसचिव गोकर्णमणि दुवाडीको नेतृत्व पूर्वसचिव दीपक सुवेदी र प्राध्यापक रेश्मा श्रेष्ठ सदस्य रहेको सिफारिस समिति गठन गरिएको थियो ।
गृहमन्त्री लेखकले शुरु देखि नै कांग्रेस महासमिति सदस्यसमेत रहेका भट्टलाई नै नियुक्ति गर्ने गरि हस्तक्षेप गरेको पाइएको छ । भट्ट १४औँ महाधिवेशनमा कांग्रेस केन्द्रीय सदस्यको उम्मेदवार बनेका थिए भने ०७४ को चुनावमा कांग्रेस बैतडीले प्रतिनिधिसभा सदस्य उम्मेदवारको सिफारिसमा परेका थिए भने उनी २०७३ मा तरुण दलको महासचिवमा पराजित भएका थिए ।
प्राधिकरणको सिइओ का लागि योग्य उम्मेद्वार हुनलाई कुनै पार्टीको सदस्यता नलिएको हुनुपर्ने उल्लेख भए पनि मापदण्डलाई नजरअन्दाज गरिएको छ । भट्टसँग कलेज पढाएको बाहेक अन्य अनुभव रहेको छैन । सिफारिस भएका कर्णसँग विशेष बाढी पुनर्निर्माण आयोजना एकाइ आयोजना प्रमुखको नेतृत्व गरेको अनुभव छ भने सुबेदीसँग कलेजको एकेडेमिक डाइरेक्टरको मात्र अनुभव रहेको छ ।
सरकारले विपद् व्यवस्थापनको जिम्मेवारी विषय विज्ञता, अन्तर्राष्ट्रिय समुदायसँग समन्वय गर्न सक्ने र यस विषयमा अध्ययन गरेको व्यक्तिलाई नेतृत्व दिनुपर्नेमा राजनीतिक व्यक्तिलाई ल्याउन लागिएकोमा सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् ।
भूकम्प र बाढीपहिरोपछिको पुनर्निर्माणको प्रमुख जिम्मेवारी रहेको विपत् प्राधिकरणमा अर्बौको बजेट हुने हुनाले यसमा राजनीतिक चलखेल भएको विश्वास गरिएको छ । तत्कालीन कार्यकारी प्रमुख अनिल पोखरेलको कार्यकाल गत मंसिरमा सकिएपछि प्राधिकरणको नेतृत्व अहिले सहसचिव भीष्मकुमार भुसाललाई कामु जिम्मेवारी दिएको छ ।
काठमाडौँ । प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलबार बिहान ९:०० बजेसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार...
काठमाडौं । गृहमन्त्री सुधन गुरुङ जेन्जी आन्दोलनलाई अपमान नगर्न चेतावनी दिएका छन्। जेन्जी शहीद स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै जेन्जी आन्दोलनलाई अपमान...
काठमाडौँ । सुशासन, रोजगार र अवसरको खोजीसँगै युवा पुस्ताको संघर्षले भएको जेन जेड आन्दोलनको एक वर्ष पूरा भएको छ । स्वदेशमै रोजगारको सिर्जना गर्ने...
काठमाडौँ। नेपाली कांग्रेसको १५औं महाधिवेशनका लागि राष्ट्रिय सभा गृहको हल, लबी, पार्किङ स्थल र बगैंचा बुकिङ गरिएको छ। मंगलबार कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले...
काठमाडौं । सत्तारुढ दल रास्वपाका सभापति रवि लामिछानेले एक वर्षअघि भएको जेनजी आन्दोलनलाई नयाँ जागरण विस्फोटको रुपमा उल्लेख गरेका छन्। जेनजी शहीद दिवसको अवसरमा वक्तव्य...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend