काठमाडौं । देशमा बिपत्ति आउँदैछ भन्ने घोषणा गरेर राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनिल पोखरेल विदेश सयरमा गएको खुलेको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले २०८१ असोज ११ देखि १४ सम्म भीषण बर्षा हुने भएकाले उच्च सतर्कता अपनाउन चेतावनीसहितको सूचना जारी गर्यो । असोज ११ देखि १४ सम्म भीषण बर्षा हुने र त्यसले ठूलो धनजनको क्षति गर्ने सूचना एक साता अघि जारी गरेर प्राधिकरणका सीईओ पोखरेल भने त्यो बिपत्ति भन्दा पहिल्यै बेलायत घुम्न निस्किए ।
अमेरिका भ्रमणबाट फर्किएपछि पनि उनी बिपद समन्वयको कार्यमा तदारुकतासाथ लाग्नुपर्नेमा विकास साझेदारहरुसँग सहयोग माग गरेर अर्को देश घुम्ने तयारीमा छन् । विपद समन्वयको काम सून्य छ । तर उनलाई विदेश सयरकोमात्रै चिन्ता छ । विपतमा केही काम नगरेको आरोप पनि उनीमाथि छ ।
असोज ११ देखि परेको बाढीले २५ वटाभन्दा बढी राजमार्ग क्षतिग्रस्त भएका छन् । बीपी राजमार्गदेखि धेरै सडक संजालसँग राजधानी काठमाडौंको सम्बन्ध टुटेको छ । २ सयभन्दा बढीले ज्यान गुमाए । अरबौंको क्षति भयो । तर बर्षाले ठूलो क्षति हुने सूचना जारी गरेको प्राधिकरणका सीईओ भने अमेरिका सयर गरेर विपत्तिपछि मात्र फर्र्किए । विपत्ति आउँदैछ भन्ने पूर्वजानकारी भएर पनि अमेरिका भ्रमणमा जानु विपद ब्यवस्थापन प्राधिकरणका सीईओ पोखरेलको गैरजिम्मेवारीको पराकाष्टा नै मानिएको छ ।
देशमा बिपद आउँदैछ भन्ने पूर्वजानकारी भएपछि संभावित क्षतिबाट रोक्नका लागि पहल गर्न छाडेर अमेरिका भ्रमणमा जाने पोखरेललाई सरकारले सामान्य स्पष्टीकरणसम्म सोधेको छैन ।
विपदपछि अमेरिकाबाट फर्किएका पोखरेल फेरि दशैंको टीकाका दिन असोज २६ गते फिलिपिन्स जाँदैछन् । सामान्य र नगए पनि हुने कार्यक्रममा उनी फिलिपिन्स जान लागेका हुन् ।
देशमा यत्रो बिपत्ति आएर कति नागरिक अझै बस्ने बास र खाने गाँस नपाएको अवस्था छ । तर बिपदसम्बन्धी मेलाको बहाना बनाएर उनी विदेश जाँदैछन् । प्राधिकरणका सीईओ पोखरेललाई बिपदको कुनै पर्वाह नै नभएको देखिन्छ ।
४ वटा विकास साझेदारहरुसँग आफैं निवेदन हालेर खर्च मागी बिजयादशमीका दिन मनिला घुम्न जान लागेका पोखरेललाई देशमा आएको विपत्तिको पटक्कै चिन्ता नभएको देखाउँछ ।
प्राधिकरणका सीईओ पोखरेलले कतिसम्म लापरबाही गरेका छन् भन्ने उदाहरण जाजरकोटका भूकम्प पीडित नै हुन् ।
जाजरकोटका भूकम्प पीडितलाई घर निर्माणका लागि दोस्रो किस्ता रकम बितरण समेत नगरेर बारीमा बस्न बाध्य बनाउने काम प्राधिकरणले गरेको छ ।
दशैंमा समेत जाजरकोटका भूकम्पपीडित बारीमा बस्न बाध्य छन् । तर सीईओ पोखरेल भने प्राधिकरणको पैसामा बिदेश घुमघाम र मोजमस्तीमा ब्यस्त छन् ।
पोखरेललाई २०७६ मा केपी ओलीले प्राधिकरणको सीईओ नियुक्त गरेका थिए । उनी नियुक्त भएदेखि अहिलेसम्म दसौं पटक विदेश भ्रमणमा गएका छन् ।
भोलाप्रसाद रोका पृष्ठभूमिः साँझ पर्नासाथ सहरका सडकहरू उज्यालो हुन्छन् । पसलका साइनबोर्ड चम्किन्छन्, गाडीका बत्तीहरू दौडिन्छन्, अग्ला भवनका झ्यालहरूमा जीवनका अनेक दृश्य देखिन्छन् । तर यही...
बीरगञ्ज । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढीका हुण्डी कारोबारीलाई संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा नचलाएको बिषयमा विवादमा परेपछि जिल्ला सरकारी वकिल कार्यालय...
बीरगञ्ज । मुलुकको अर्थतन्त्रलाई खोक्रो पार्ने आर्थिक अपराधका रुपमा अबैध हुन्डी कारोबारलाई लिने गरिएको छ । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढी अवैध हुन्डी कारोबारसँग...
कलैया । बाराको फेटा गाउँपालिका–३, फेटाका चार युवाले नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षक (असई) पदमा सफलता हासिल गरेपछि गाउँमा खुसी छाएको छ । एउटै वडाका चार...
काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा मुद्दा सेटिङमा मात्र होइन, सहरी विकास तथा भवन बिभागले निर्माण गर्नुपर्ने सर्वोच्च अदालतको भवनको ठेक्का सेटिङको बिषयमा पनि छानबिनमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend