काठमाडौं । देशमा बिपत्ति आउँदैछ भन्ने घोषणा गरेर राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनिल पोखरेल विदेश सयरमा गएको खुलेको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले २०८१ असोज ११ देखि १४ सम्म भीषण बर्षा हुने भएकाले उच्च सतर्कता अपनाउन चेतावनीसहितको सूचना जारी गर्यो । असोज ११ देखि १४ सम्म भीषण बर्षा हुने र त्यसले ठूलो धनजनको क्षति गर्ने सूचना एक साता अघि जारी गरेर प्राधिकरणका सीईओ पोखरेल भने त्यो बिपत्ति भन्दा पहिल्यै बेलायत घुम्न निस्किए ।
अमेरिका भ्रमणबाट फर्किएपछि पनि उनी बिपद समन्वयको कार्यमा तदारुकतासाथ लाग्नुपर्नेमा विकास साझेदारहरुसँग सहयोग माग गरेर अर्को देश घुम्ने तयारीमा छन् । विपद समन्वयको काम सून्य छ । तर उनलाई विदेश सयरकोमात्रै चिन्ता छ । विपतमा केही काम नगरेको आरोप पनि उनीमाथि छ ।
असोज ११ देखि परेको बाढीले २५ वटाभन्दा बढी राजमार्ग क्षतिग्रस्त भएका छन् । बीपी राजमार्गदेखि धेरै सडक संजालसँग राजधानी काठमाडौंको सम्बन्ध टुटेको छ । २ सयभन्दा बढीले ज्यान गुमाए । अरबौंको क्षति भयो । तर बर्षाले ठूलो क्षति हुने सूचना जारी गरेको प्राधिकरणका सीईओ भने अमेरिका सयर गरेर विपत्तिपछि मात्र फर्र्किए । विपत्ति आउँदैछ भन्ने पूर्वजानकारी भएर पनि अमेरिका भ्रमणमा जानु विपद ब्यवस्थापन प्राधिकरणका सीईओ पोखरेलको गैरजिम्मेवारीको पराकाष्टा नै मानिएको छ ।
देशमा बिपद आउँदैछ भन्ने पूर्वजानकारी भएपछि संभावित क्षतिबाट रोक्नका लागि पहल गर्न छाडेर अमेरिका भ्रमणमा जाने पोखरेललाई सरकारले सामान्य स्पष्टीकरणसम्म सोधेको छैन ।
विपदपछि अमेरिकाबाट फर्किएका पोखरेल फेरि दशैंको टीकाका दिन असोज २६ गते फिलिपिन्स जाँदैछन् । सामान्य र नगए पनि हुने कार्यक्रममा उनी फिलिपिन्स जान लागेका हुन् ।
देशमा यत्रो बिपत्ति आएर कति नागरिक अझै बस्ने बास र खाने गाँस नपाएको अवस्था छ । तर बिपदसम्बन्धी मेलाको बहाना बनाएर उनी विदेश जाँदैछन् । प्राधिकरणका सीईओ पोखरेललाई बिपदको कुनै पर्वाह नै नभएको देखिन्छ ।
४ वटा विकास साझेदारहरुसँग आफैं निवेदन हालेर खर्च मागी बिजयादशमीका दिन मनिला घुम्न जान लागेका पोखरेललाई देशमा आएको विपत्तिको पटक्कै चिन्ता नभएको देखाउँछ ।
प्राधिकरणका सीईओ पोखरेलले कतिसम्म लापरबाही गरेका छन् भन्ने उदाहरण जाजरकोटका भूकम्प पीडित नै हुन् ।
जाजरकोटका भूकम्प पीडितलाई घर निर्माणका लागि दोस्रो किस्ता रकम बितरण समेत नगरेर बारीमा बस्न बाध्य बनाउने काम प्राधिकरणले गरेको छ ।
दशैंमा समेत जाजरकोटका भूकम्पपीडित बारीमा बस्न बाध्य छन् । तर सीईओ पोखरेल भने प्राधिकरणको पैसामा बिदेश घुमघाम र मोजमस्तीमा ब्यस्त छन् ।
पोखरेललाई २०७६ मा केपी ओलीले प्राधिकरणको सीईओ नियुक्त गरेका थिए । उनी नियुक्त भएदेखि अहिलेसम्म दसौं पटक विदेश भ्रमणमा गएका छन् ।
काठमाडौं । बाढी प्रभावित रसुवाका बालबालिकालाई कुपोषणको जोखिमबाट जोगाउन स्वास्थ्य सेवा विभागले ३० हजार स्याचेट Ready-to-Use Therapeutic Food (RUTF) रसुवा पठाएको छ । बाढीका कारण...
सुयोग शर्मा भदौ १० गते रसुवामा बाढी आयो । स्वास्थ्यका सबै निकाय परिचालन भए तर एकीकृत र प्रभावकारी हुन सकेनन् । कतै स्वास्थ्य सामग्रीको अभाव...
ललितपुर । कारागारमा रहेका व्यक्तिको निर्देशनमा ठूलो लागूऔषध सञ्जाल सञ्चालन भइरहेको आशंकाबीच सशस्त्र प्रहरी बल नेपालको इन्टेलिजेन्स ब्यूरोले ललितपुरको च्यासलबाट १७ हजार ४ सय...
काठमाडौं । देशको राजधानी काठमाडौंको टेकूमा रहेको केन्द्रीय जनस्वास्थ्य प्रयोगशाला(सेन्टर ल्याब) को ब्यवस्थापन प्रभावकारी नहुँदा आम नागरिकले दिनहुँ सास्ती ब्यहोर्नुपरेको छ । भरपर्दो र विश्वसनीयका...
काठमाडौं । नेपालमा जापानिज इन्सेफ्लाइटिस (जेई) संक्रमण र यसबाट हुने मृत्युको अवस्था गम्भीर बन्दै गएपछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले उच्च जोखिममा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend