सञ्जय मिश्रा
रौतहट । सशस्त्र प्रहरी बल नम्बर ११ गण हेक्वा, रौतहट तथा मातहतका युनिटहरुबाट खटिगएको गस्ती टोलीले जिल्लाको छुट्टाछुट्टै स्थानबाट ठूलो परिमाणमा लागुऔषध सहित ११ जना मानिसलाई पक्राउ गरेको छ ।
सशस्त्र प्रहरी बल रौतहटका प्रमुख एसपी बिक्रम हुमागाईंको निर्देशनमा सशस्त्र प्रहरीले भारतीय सीमाक्षेत्र हुँदै आउनेजाने मानिस माथी निगरानी बढाएपछि यस आर्थिक वर्षमा हालसम्म ठूलो परिमाणमा लागुऔषधसहित ११ जना मानिस पक्राउ गर्न सफल भएको हो ।
गत साउनदेखि यस महिनाको २० गतेसम्म साढे ६ महिनाको अवधिमा लुकिछिपी भारतीय बजारबाट ल्याउँदै गरेको नशालु ट्याब्लेट डाईजिपाम २२ सय ७८ ट्याब्लेट, नाईत्रोभेट ४४ ट्याब्लेट, बुप्रोफिन नशालु ईन्जेक्सन ६०६ एमपूल, प्रोमेथआजिन नशालु ईन्जेक्सन १७९८ एमपूल, फेनार्गन २७ ट्याब्लेट, एमफिल २२ ट्याब्लेट र गाँजा १५ किलो ९६० ग्राम बरामद गरिएको सशस्त्र प्रहरी रौतहट का प्रमुख एसपी बिक्रम हुमागाईंले बताएका छन् ।
उक्त लागुऔषध ओसारपसारमा संलग्न ११ जना मानिसलाई पक्राउ गरिएको एसपी हुमागाईंले जानकारी दिएका छन् । पक्राउ परेका मानिसलाई केही लागुऔषध सहित आवश्यक कार्वाहीको लागी जिल्ला प्रहरी कार्यालय रौतहटको जिम्मा लगाइएको थियो ।
तथा केही लागुऔषध जाँचबुझको लागि औषधि ब्यवस्था बिभाग बीरगंज र जिल्ला भन्सार कार्यालय रौतहटमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।
वीरगन्ज। वीरगन्जस्थित क्लार्क रिसोर्ट होटलमा सञ्चालित क्यासिनोबाट प्रहरीले ५ जनालाई पक्राउ गरेको छ। वीरगन्ज महानगरपालिका वडा नम्बर १४ गण्डकस्थित क्लार्क रिसोर्ट होटलमा सञ्चालित रोयल...
सुनसरी । सुनसरीमा प्रहरीले एम्बुलेन्समा लोड गरिएको अवस्थामा ५७४ किलो ८७० ग्राम गाँजा बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार सोमबार बिहान उज्यालो हुनुअघि...
काठमाडौँ। जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठलाई प्रहरीले फेरि पक्राउ गरेको छ। पत्रकार श्रेष्ठलाई नेपाल प्रहरीको साइबर ब्युरोको टोलीले आज बिहान नक्खुस्थित घरमै पुगेर नियन्त्रणमा लिएको...
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले जनतालाई केन्द्रमा राखेर काम गर्न सुरक्षा निकायलाई निर्देशन दिएका छन् । शुक्रवार ७१ औं प्रहरी दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै...
काठमाडौँ । मलेसिया जाने नेपाली कामदारको स्वास्थ्य परीक्षण तथा बायोमेट्रिक गर्ने संस्थाका सञ्चालक पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले मलेसिया जाने कामदारको बायोमेट्रिक...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend