बीरगंज । जिल्ला प्रहरी कार्यालय पर्सा र मातहतका कार्यालयहरूबाट खटिएको प्रहरी टोलीले विभिन्न स्थानहरूबाट भन्सार छली चोरीपैठारी गरी ल्याएका विभिन्न किसिमका इलेक्ट्रोनिक्स, खुद्रा, खाद्यान्न, सूर्ती, चप्पल लगायतका माल सामान बरामद गरेको छ ।
मंगलबार बरामद गरिएका ती सामान अन्दाजी ५६ लाख ४६ हजार ४ सय २९ रुपैयाँ बराबरका छन् ।
प्रहरीका अनुसार जिल्ला प्रहरी कार्यालय पर्सा, वडा प्रहरी कार्यालय श्रीपुर, इलाका प्रहरी कार्यालय लंगडी, प्रहरी चौकी सिर्सियाले सामान बरामद गरेका हुन् ।
५७ लाख बराबरका सामान बरामद गरेको भए पनि ती सामान ल्याउने पक्राउ परे नपरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता किशोर लम्सालको बिज्ञप्तिमा केही उल्लेख छैन । बरामद सामान कुन ब्यापारीको हो त्योसमेत खुलाइएको छैन ।
यसअघि माघ १४ गते सशस्त्र प्रहरीले मदन गुप्ता रुन्चेको गोदामबाट ५० लाख रुपैयाँ भन्दा बढीको तस्करीको कपडा र हार्डवेयको सामान बरामद गरेको थियो ।
प्रस्तावित सीमा सुरक्षा गुल्मका इन्चार्ज डीएसपी लोकेन्द्र सुब्बाको टोलीले रुन्चेको गोदामबाट सामान बरामद गरेको थियो । तर बीरगंज भन्सार कार्यालयमा सामान दाखिला गर्दा उक्त सामान कहाँबाट र कुन ब्यक्तिको गोदामबाट बरामद भएको भनी उल्लेख नगरी रुन्चेलाई उन्मुक्ति दिइएको थियो ।
गुप्ताको गोदाममा छापामार्दा साक्षीको रुपमा भन्सार कार्यालयका नायबसुब्बा सन्दीप पराजुलीसहित ४ जना उपस्थित थिए । तर भन्सार दाखिला गर्दा कसको गोदामबाट बरामद भएको हो भन्ने उल्लेख नै नगरी तस्कर गुप्तालाई जोगाउने काम बीरगन्ज भन्सारका प्रमुख भन्सार अधिकृत रामप्रसाद पाठकले गरेका थिए । भारतीय नागरिक रुन्चेलाई बीरगंजमा तस्करीका बादशाह नै मानिन्छ ।
भन्सारका कार्यालय सहयोगीदेखि कार्यालय प्रमुखसम्म उनको सेटिङ छ । रसुवाबाट भेप तस्करी गरेको फेलापारे पनि कारबाहीबाट जोगिएका पाठकलाई एमालेका अर्थमन्त्री बिष्णु पौडेलले पुरस्कृत गरी बीरगंज भन्सारको प्रमुख भन्सार अधिकृतमा सरुवा गरेका थिए ।
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन खेलका लागि अनलाइन टिकट बुकिङ खुलेको आधा घण्टामै टिकट सकिएको छ। प्रतियोगिताको आधिकारिक टिकटिङ...
काठमाडौँ। नयाँ दिल्लीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबिच संक्षिप्त भेटवार्ता भएको छ। अर्थ मन्त्रालयका अनुसार नयाँ दिल्लीस्थित ताज प्यालेस होटलमा आयोजित...
काठमाडौं । सरकारले मुख्यसचिव र सचिवहरूलाई सवारीसाधन खरिदका लागि ६० लाख रुपैयाँसम्म ऋण व्यवस्थापन गर्ने भएको छ । सरकारी कर्मचारीका लागि सवारीसाधन व्यवस्थापन सम्बन्धि निर्देशिका,...
काठमाडौँ। रास्वपा सभापति रवि लामिछानेले आफ्नो भ्रमण नितान्त व्यक्तिगत प्रयोजनका लागि रहेको स्पष्ट पारेका छन् । पत्नी निकिता लामिछानेसहित भारत भ्रमणमा निस्किएका लामिछाने शुक्रबार बिहान...
काठमाडौँ। नेपाल राष्ट्र बैंकले वेब प्रविधि (पीएचपी) मा विश्वव्यापी रूपमा देखिएको गम्भीर सुरक्षा जोखिमलाई मध्यनजर गर्दै आफ्नो वेबसाइटलगायतका सेवाहरू अस्थायी रूपमा बन्द गरेको जनाएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend