काठमाडौं । गायिका एलिना चौहानले पति विष्णु सापकोटाविरूद्ध सम्बन्धविच्छेदको मुद्दा हालेकी छिन् ।
चौहानले शुक्रबार पति सापकोटाविरूद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेकी हुन् ।
उनले वारेस काठमाडौं महानगरपालिका-३ की ४५ वर्षीया विष्णु खरेललाई वारेस राखेर सम्बन्धविच्छेदको मुद्दा दायर गरेको काठमाडौं जिल्ला अदालतले जनाएको छ ।
चौहान झापा विर्तामोड नगरपालिका-७ स्थायी घर भएकी हुन् भने सापकोटा बागलुङ नगरपालिका-५ का हुन् ।
उनीहरूबीच २०८१ वैशाख १ गते बिहे भएको थियो। बिहेपछि पतिसँग अष्ट्रेलिया गएकी चौहान केही महिनाअघि नेपाल आएकी थिइन्। सापकोटा भने अष्ट्रेलियामै छन् ।
सम्बन्धविच्छेद गर्नुको कारणबारे उनले मुद्दामा उल्लेख गरेकी छिन्। उनले कलाकारिता क्षेत्रमा काम गर्ने भएकोले कार्यक्रमहरूमा सहभागी भएर कहिलेकाहीँ अबेरसम्म बस्नुपर्ने गरेको तर सापकोटाले कार्यक्रमको बीचैमा फोन गरेर घरमा आउन भन्दै बाधा पुर्याउने गरेको उल्लेख गरेकी छिन्। सोही विषयमा मनमुटाव हुन गएको र अष्ट्रेलिया गएको तीन महिनापछि आफू नेपाल फर्किएको चौहानले बताएकी छिन् ।
‘नेपाल फर्किएपछि पनि म कलाकारिता क्षेत्रमा हुने कार्यक्रममा व्यस्त हुँदा उनले मेरो चरित्रमाथि शंका-उपशंकाको दृष्टिले अनेक लाञ्छना लगाउँदा मलाई मानसिक कष्ट भयो,’ उनले भनेकी छिन् ।
यस्तो खालको प्रवृत्तिका कारण दुईबीचको वैवाहिक सम्बन्ध सुमधुर रहेर अगाडि बढ्न नसक्ने देखेर आफूले मुद्दा दायर गरेको उनले उल्लेख गरेकी छिन्।
‘म फिरादी र विपक्षी पतिबीच भावनात्मक रुपमा सुमधुर सम्बन्ध कहिल्यै हुन नसकी कागजी रुपमा मात्र रहेको पति-पत्नीको सम्बन्धमा रहनु भन्दा,’ चौहानले मुद्दामा लेखेकी छिन्, ‘सम्बन्धविच्छेद गरी स्वतन्त्र भई आ-आफ्नो जीवन बिताउन श्रेयस्कर लागेकाले अदालतमा उपस्थित भएकी छु ।’
मुद्दामा उनले सम्बन्धविच्छेद गरे पनि पति सापकोटाबाट अंश, माना-चामल केही नलिने उल्लेख गरेकी छिन् ।

काठमाडौं । नेपालीहरुको महान् पर्व बडादशैंअन्तर्गत आज विजया दशमी मनाइँदै छ । आज मान्यजनबाट देवीको प्रसादका रूपमा टीका, जमरा र आशीर्वाद ग्रहण गरिँदै छ...
काठमाडौं। महानवमीका दिन मात्र खुल्ने तलेजु भवानीको मन्दिर आज बिहान ५ बजेदेखि नै सर्वसाधारणका लागि खुला गरिएको छ। हनुमानढोका दरबार क्षेत्रमा रहेको वर्षमा एकपटक...
काठमाडौँ। लामो समयदेखि रिक्त लुम्बिनी विकास कोषको उपाध्यक्ष पदमा बौद्ध भिक्षुणी तथा गायिका आनी छोइङ डोल्मा (छोइङ डोल्मा लामा मोक्तान) लाई नियुक्त गरिएको छ। संस्कृति,...
काठमाडौँ। सूचना तथा सञ्चार मन्त्रालयले चलचित्र विकास बोर्डको अध्यक्ष पदका लागि खुल्ला दरखास्त आह्वान गरेको छ। मन्त्रालयले बोर्डको अध्यक्ष पदमा एक जना योग्य उम्मेदवार छनोट...
काठमाडौं । सरकारले तीन प्रतिष्ठानमा कुलपति, उपकुलपतिसहितका पदाधिकारी नियुक्त गरेको छ । नेपाल प्रज्ञा प्रतिष्ठान, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान र नेपाल संगीत तथा नाट्य प्रतिष्ठानमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend