काठमाडौं । आज २०८१ साल माघ १५ गते मंगलबारको राशिफल ।
मेष
कार्यक्षेत्रमा गरिरहेको कार्यलाई निरन्तरता दिन सकिनेछ। अरुलाई प्रभावित पारेर नाम र प्रतिष्ठा पाउन सक्नुहुनेछ। कार्यक्षेत्रमा दीर्घकालीन योजनाहरू बन्नेछन्। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक १ रहेको छ।
मिथुन
कार्यक्षेत्रमा सम्पादन भएको कार्यबाट लाभ मिल्नेछ। व्यापार व्यवसायमा सामान्य लाभ रहनेछ। संगीत वा कलाको क्षेत्रमा विशेष सफलता मिल्नेछ। प्रशासनिक काममा अधिकारीहरूको साथ मिल्नेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ७ रहेको छ।
सिंह
महत्त्वाकांक्षी योजनाहरू गोप्य राख्दा लाभ मिल्नेछ। योजना अनुसार समयमा कार्यसम्पादन गर्न सकिनेछ। उद्योग व्यापारमा लाभ हुनेछ। सन्तानको शिक्षालाई लिएर चिन्तित रहनुहुनेछ। आजको शुभ रंग सिन्दुरी हो भने शुभ अंक ५ रहेको छ।
तुला
कार्यक्षेत्रमा मान सम्मान बढ्नेछ। घरपरिवारमा भाइबहिनीहरूको साथ सहयोग मिल्नेछ। नयाँ नोकरीको खोजमा सफलता मिल्नेछ। धैर्य र पराक्रमले आटेको कार्यसम्पादन गर्न सकिनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ७ रहेको छ।
धनु
नयाँ कार्य प्रारम्भ गर्नलाइ समय उपयुक्त रहेको छ। सामूहिक जमघटमा आफ्नो उपस्थितिलाई जनाउन सकिनेछ। कार्यक्षेत्रमा दीर्घकालीन योजनाहरू बन्नेछन्। आकस्मिक धनलाभका योग छन्। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ६ रहेको छ।
कुम्भ
कार्यक्षेत्रमा लगनशीलताले आफ्नो अधिकार स्थापित गर्न सकिनेछ। मेहनतले प्रतियोगी प्ररीक्षामा सफलता मिल्नेछ। भौतिक संसाधन जुटाउनमा धन खर्च हुनेछ। व्यापार व्यवसायमा लाभ रहनेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ८ रहेको छ।
बृष
कार्यक्षेत्रमा श्रमको उचित मूल्यांकन नहोला। नोकरी वा पेशामा हजुरको कमजोरीबाट लाभ उठाउनेहरु सक्रिय रहनेछन्। व्यापार व्यवसायलाई पारदर्शी राख्नुहोला। व्यापार व्यवसायमा लेनदेन गर्दा सावधानी राख्नुहोला। आजको शुभ रंग निलो हो भने शुभ अंक ६ रहेको छ।
कर्कट
व्यापार व्यवसायमा चुनौतीपूर्ण कार्य सम्पादन गर्नमा सफलता मिल्नेछ। प्रयास गर्दा बजारमा फसेको धन मिल्न सक्छ। प्रतियोगी परीक्षामा सफलता मिल्न गाह्रो रहनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ८ रहेको छ।
कन्या
पारिवारिक उल्झनले मन चिन्तित रहनेछ। व्यापार व्यवसायलाई लिएर गरेको यात्राबाट लाभ मिल्नेछ। मित्रको सहायताले ठूलो कार्यसम्पादन हुनेछ। सामाजिक दायित्वको निर्वहनमा श्रम धेरै लाग्नेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ६ रहेको छ।
बृश्चिक
घरमा मांगलिक कार्यले मन प्रसन्न र उत्साहित रहनेछ। आफन्तहरूसँग रमाइलो भेटघाट वा स्वादिष्ट भोजनको प्राप्ति हुनेछ। व्यापार व्यवसायमा बाणीले कार्यसद्धि गर्न सकिनेछ। आजको शुभ रंग बैजनी हो भने शुभ अंक २ रहेको छ।
मकर
आर्थिक क्रियाकलापको कार्यहरूमा सजग रहनुपर्ला। योजना अनुरूप काम बन्दै जानेछन्। अनपेक्षित रूपले अरूको लागि चिन्ता हुनसक्छ। प्रेम सम्बन्ध सुमधुर रहनेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ३ रहेको छ।
मीन
प्रेम र मित्रताको बन्धन कसिनेछ। नोकरी वा पेशामा नयाँ जिम्मेवारी हात लाग्नेछ। कला र लेखनको क्षेत्रमा सफलता मिल्नेछ। धर्ममा मन लाग्नेछ। आजको शुभ रंग हल्का निलो हो भने शुभ अंक ९ रहेको छ।
काठमाडौं । नेपालीहरुको महान् पर्व बडादशैंअन्तर्गत आज विजया दशमी मनाइँदै छ । आज मान्यजनबाट देवीको प्रसादका रूपमा टीका, जमरा र आशीर्वाद ग्रहण गरिँदै छ...
काठमाडौं। महानवमीका दिन मात्र खुल्ने तलेजु भवानीको मन्दिर आज बिहान ५ बजेदेखि नै सर्वसाधारणका लागि खुला गरिएको छ। हनुमानढोका दरबार क्षेत्रमा रहेको वर्षमा एकपटक...
काठमाडौँ। लामो समयदेखि रिक्त लुम्बिनी विकास कोषको उपाध्यक्ष पदमा बौद्ध भिक्षुणी तथा गायिका आनी छोइङ डोल्मा (छोइङ डोल्मा लामा मोक्तान) लाई नियुक्त गरिएको छ। संस्कृति,...
काठमाडौँ। सूचना तथा सञ्चार मन्त्रालयले चलचित्र विकास बोर्डको अध्यक्ष पदका लागि खुल्ला दरखास्त आह्वान गरेको छ। मन्त्रालयले बोर्डको अध्यक्ष पदमा एक जना योग्य उम्मेदवार छनोट...
काठमाडौं । सरकारले तीन प्रतिष्ठानमा कुलपति, उपकुलपतिसहितका पदाधिकारी नियुक्त गरेको छ । नेपाल प्रज्ञा प्रतिष्ठान, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान र नेपाल संगीत तथा नाट्य प्रतिष्ठानमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend