काठमाडौं । लामो दूरीको यात्रुबाहक बस चढेर आएका भारतीय नागरिक लागुऔषध ब्राउनसुगरसहित पक्राउ परेका छन्। ती भारतीयबाट लागुऔषध जिम्मा लिन पुगेका दुई नेपालीसमेत पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा भारत उत्तर दिनेशपुरका ३७ वर्षीय गोविन्द बाला, काठमाडौं चन्द्रागिरि नगरपालिका-११ का २६ वर्षीय रमन महर्जन र धादिङ थाक्रे गाउँपालिका-११ का ३८ वर्षीय विनोद तामाङ रहेका छन् ।
उनीहरूलाई प्रहरी प्रभाग नागढुंगा र लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय नागढुंगाको टोलीले बिहीबार चन्द्रागिरि नगरपालिका-२ नागढुंगाबाट पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
परिसरकी सूचना अधिकारी प्रहरी नायब उपरीक्षक पूर्णिमा कुमारी चन्दका अनुसार उनीहरूको साथबाट १५० ग्राम ब्राउनसुगर बरामद गरिएको छ ।
चन्दका अनुसार बाला काँकडभिट्टाबाट काठमाडौं आउँदै गरेको प्र.१-०१-००६v ४७९६ नम्बरको बसमा सवार थिए। बसको ए साइडको १३ नम्बर सिटमा बसेर आएका बालालाई प्रहरीले शंका लागेर चेकजाँच गरेको थियो ।
चेकजाँच गर्दा ब्राउनसुगर फेला परेपछि प्रहरीले सोधपुछ गर्दा बालाले महर्जन र तामाङलाई दिन ल्याएको बताएका थिए ।
ती दुई जनालाई बा५१प ७५५८ नम्बरको मोटरसाइकलमा लागुऔषध जिम्मा लिन बसेको अवस्थामा फेला पारिएको चन्दले बताइन् ।
पक्राउ परेकाहरूलाई वृत्त थानकोटमा राखेर अनुसन्धान थालिएको छ ।
जनकपुरधाम । धनुषामा धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरेपछि श्रीमानले आत्माहत्या गरेका छन्। जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता एवं डिएसपी ओम प्रकास खनालका अनुसार...
वीरगन्ज। वीरगन्जस्थित क्लार्क रिसोर्ट होटलमा सञ्चालित क्यासिनोबाट प्रहरीले ५ जनालाई पक्राउ गरेको छ। वीरगन्ज महानगरपालिका वडा नम्बर १४ गण्डकस्थित क्लार्क रिसोर्ट होटलमा सञ्चालित रोयल...
सुनसरी । सुनसरीमा प्रहरीले एम्बुलेन्समा लोड गरिएको अवस्थामा ५७४ किलो ८७० ग्राम गाँजा बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार सोमबार बिहान उज्यालो हुनुअघि...
काठमाडौँ। जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठलाई प्रहरीले फेरि पक्राउ गरेको छ। पत्रकार श्रेष्ठलाई नेपाल प्रहरीको साइबर ब्युरोको टोलीले आज बिहान नक्खुस्थित घरमै पुगेर नियन्त्रणमा लिएको...
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले जनतालाई केन्द्रमा राखेर काम गर्न सुरक्षा निकायलाई निर्देशन दिएका छन् । शुक्रवार ७१ औं प्रहरी दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend