Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • वर्तमान सरकारको तानाशाह शैली छ : माधव नेपाल


    आइतबार, माघ ६ २०८१
    1.4K
    Shares
    नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठानको तेस्रो वार्षिक केन्द्रीय सभालाई सोमबार सम्बोधन गर्दै नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल। तस्बिर :प्रदीपराज वन्त / रासस
    नेपाल फेस
  • १ मिनेट पाठ
  • सर्लाही । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले वर्तमान सरकार तानाशाह शैलीमा अघि बढिरहेको आरोप लगाएका छन्। सर्लाही सदरमुकाम मलंगवामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा नेता नेपालले उक्त आरोप लगाएका हुन्।

    गैरलोकतान्त्रिक आचरण बोकेको हातमा देश गएकाले उनीहरू तानाशाह शैलीमा अघि बढिरहेको नेपालले बताए। मुलुकको राजनीति सही दिशातर्फ जान नसकेको भन्दै नेता नेपालले सरकार असफल दिशामा गइरहेको दाबी गरे।

    दुई ठूला पार्टी मिलेर संविधान संशोधनका नाममा सरकार बनाएर जनतालाई मूर्ख बनाउन काम भएको उनको भनाइ छ। जनताले सुरक्षा र रोजगारी चाहेकोमा त्यो पूरा हुन नसकेको उनको टिप्पणी छ।

    विचाराधिन रहेका विधेयक पूरा नगरी अध्यादेश ल्याउनु गलत रहेको नेपाले बताए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार