ब्राजिल – ब्राजिलले बिधालयमा स्मार्ट फोनमा प्रतिबन्ध लगाएको छ । ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भाले सोमबार विद्यालयमा स्मार्टफोनको प्रयोगमा प्रतिबन्ध लगाउने विधेयकमा हस्ताक्षर गरेसँगै यो कानुन लागु भएको छ ।
तर, स्मार्ट फोनको सहायतामा कक्षा लिइरहेका अपाङ्गता भएका र फरक क्षमताका बिधार्थीहरूलाइ भने यो नयाँ नियमले अप्ठयारो पार्ने जनाएका छन् । उता, शिक्षा मन्त्री क्यामिलो सान्टानाले सोमबार राजधानी ब्रासिलियामा पत्रकारहरूलाई भने, ‘बच्चाहरू सानै उमेरमा अनलाइन जान्छन्, आमाबाबुलाई उनीहरूले के गरिरहेका छन भने हेर्न गाह्रो बनाइरहेका थिए, अब स्कूलमा स्मार्टफोनको प्रतिबन्धले अभिभावकलाई अब सजिलो बनाउनेछ।’
‘हामी ती उपकरणहरू अन्य धेरै देशहरूमा जस्तै कक्षामा शैक्षिक उद्देश्यका लागि र शिक्षकको मार्गदर्शनको साथ प्रयोग गर्न चाहन्छौं,’ सान्तानाले अगाडी भने ।
सन २०२३ सम्ममा ब्राजिलका दुई तिहाइ विद्यालयहरूले सेलफोन प्रयोगमा केही प्रतिबन्ध लगाएका थिए भने जबकि २८ प्रतिशतले यसअघि नै पूर्ण रूपमा प्रतिबन्ध लगाएको ब्राजिलको इन्टरनेट स्टीयरिङ समितिले गत अगस्टमा जारी गरेको सर्वेक्षणमा उल्लेख गरिएको थियो ।
अब सरकारले नै पुर्ण प्रतिबन्ध लगाउँदै स्मार्टफोन लिएर बिधालय आउन दिएको भेटिएमा कारबाही गर्ने पनि नयाँ कानुनमा उल्लेख गरिएको छ ।
काठमाडौं । बुधबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँ बढेको छ । अघिल्लो दिन...
सुर्खेत। सुर्खेतको गुर्भाकोट नगरपालिका–८ सुन्दरनगरमा चिर्पट प्रहारबाट घाइते भएका ६२ वर्षीय मानबहादुर राजीको मृत्यु भएको छ। प्रहरीका अनुसार मंगलबार स्थानीय ४० वर्षीय टेकबहादुर विकले अजय...
काठमाडौँ। सम्भावित भारी वर्षा तथा त्यसबाट हुन सक्ने बाढी,पहिरो र डुबानलगायतका विपद्को जोखिमलाई मध्यनजर गर्दै स्वास्थ्य क्षेत्रलाई उच्च सतर्कतामा रही पूर्वतयारी तथा प्रतिकार्यका काम...
काठमाडौँ । लुम्बिनी प्रदेश सभाका सभामुख तुलाराम घर्ती, प्रदेश सभा सचिव दुर्लभ कुमार पुनसहित पाँच जनाविरुद्ध जालसाजी मुद्दा दायर भएको छ । जनता समाजवादी पार्टी...
काठमाडौं । नेकपा एमालेको आगामी मंसिर २ र ३ गते आयोजना हुने राष्ट्रिय भेलाको तयारी तीव्र पारिएको छ । राष्ट्रिय भेलाको तयारीका क्रममा आज...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend