Nepal Face
  • बुधबार, १२ कार्तिक २०८३
  • अमेरिकाले आगो निभाउन खटायो कैदी, सजाय घटाउने देखि १० डलरसम्म तलब सुबिधा


    सोमबार, पुष २९ २०८१
    2K
    Shares
    नेपाल फेस
  • ३ मिनेट पाठ
  • वासिंगटन डिसी – लिफोर्निया र लस एन्जलसको जङ्गलमा फैलिएको आगो समयसँगै झन् तीव्र बन्दै गएको छ । आगलागीका कारण अहिलेसम्म २४ जनाको मृत्यु भइसकेको छ । लाखौं प्रयासको बाबजुद जो बाइडेन प्रशासन यो आगो निभाउन असफल भइरहेको छ। यसको मुख्य कारण यतिबेला अमेरिकामा आएको हिउँ आँधीका कारण चलिरहेको तीव्र हावालाई मानिएको छ ।

    अर्कोतर्फ आगो निभाउने कामलाई तीव्रता दिन क्यालिफोर्निया र लस एन्जलसका जेल विभागहरूले बम्पर प्रस्ताव ल्याएका छन्। आगो निभाउन दमकललाई सहयोग गर्ने कैदीको सजाय घटाउने योजना बनाइएको छ । हरेक दिन आगो निभाउन सहयोग गरे बापत सजाय दुई दिन घटाउने सम्झौता भएको छ । साथै, तलब पनि छुट्टै दिइनेछ।

    जसअनुसार कैदीहरूले अग्नि विभागसँगै लस एन्जलसमा कन्टेनमेन्ट लाइन खन्ने गरेको देखिएको छ भने क्यालिफोर्नियाको सुधार र पुनर्वास विभागका अनुसार अहिले जम्मा ९३१ कैदीहरू जङ्गलमा लागेको आगो निभाउन २४ घण्टा काम गरिरहेका छन् । क्यालिफोर्नियाको विनाशकारी जंगली आगोको फैलावटलाई ढिलो गर्न फायर लाइनहरू काट्दै र संरचनाहरू पछाडिबाट इन्धन हटाउने काम भइरहेको छ ।

    कैदीहरूको क्षमताको आधारमा उनीहरूलाई क्यालिफोर्निया र लस एन्जलसको जंगलमा लागेको आगो निभाउनको लागि प्रति दिन ५।८० डलर देखि १०।२४ अमेरिकी डलर भुक्तानी गरिन थालिएको छ । आपतकालीन सेवाहरूमा तोकिएको खण्डमा कैदीहरूले प्रति घण्टा थप १ डलर कमाउन सक्नेछन् । धेरैजसो कैदीहरूलाई आगो निभाउन मद्दत गरेकोमा २ का लागि १ क्रेडिट दिइन्छ।

    जसको अर्थ कैदीहरूले आगो निभाउनको लागि आपतकालीन सेवाहरूमा काम गर्ने हरेक दिनको लागि आफ्नो सजाँयबाट दुई दिन थप छुट पाउन सक्छन्।
    यस बाहेक सहयोगी कर्मचारीले १ क्रेडिटको लागि १ प्राप्त गर्नेछन्। जहाँ एक दिन काम गरेमा मात्र एक दिनको सजाय माफ हुनेछ।

    क्यालिफोर्नियाको सुधार र पुनर्वास विभागका सचिव जेफ म्याकोम्बरले भने, ‘जङ्गलमा लागेको आगो क्यालिफोर्नियाका लागि ठूलो चुनौती हो, दमकल विभाग आगो निभाउन पूर्ण रूपमा समर्पित छ, हाम्रा कैदीहरू अग्नि नियन्त्रक र कर्मचारीहरूसँग मिलेर गरिरहेको काममा हिस्सा लिइरहेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार