काठमाडौं- भारतका विदेशमन्त्री एस जयशंकर अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पको सपथ ग्रहण समारोहमा सहभागी हुने भएका छन्। डोनाल्ड ट्रम्पले जनवरी २० मा अमेरिकाको नयाँ राष्ट्रपतिको रूपमा सपथ लिने कार्यक्रम रहेको छ ।
यस सपथ ग्रहण समारोहमा एस जयशंकरको सहभागिताको सम्बन्धमा विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गरेको छ। विज्ञप्तिमा भनिएको छ कि ट्रम्पको सपथग्रहण समितिको निमन्त्रणामा बिदेश मन्त्री एस जयशंकर जाने तय भएको छ । अमेरिकाको ४७ औं राष्ट्रपतिको रूपमा उनले पद तथा गोपनीयताको सपथ लिदैँछन् ।
साथै, अमेरिका भ्रमणका क्रममा विदेशमन्त्री जयशंकरले अमेरिकाको भावी प्रशासनका प्रतिनिधिका साथै समारोहमा भाग लिन अमेरिका आउनु हुने अन्य विशिष्ट व्यक्तिसँग पनि भेटघाट गर्नेछन् ।
प्राप्त जानकारी अनुसार सपथ ग्रहण समारोह जनवरी २० मा मध्यान्ह १२ बजे (नेपाली समय अनुसार ११ः४५ बजे राती) सुरु हुनेछ। यस समारोहमा विश्वभरका विशिष्ट व्यक्तिहरूलाई निमन्त्रणा गरिएको छ। यस अवसरमा धेरै देशका प्रमुखहरू पनि उपस्थित हुन सक्ने बताइएको छ ।
काठमाडौं । बुधबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँ बढेको छ । अघिल्लो दिन...
सुर्खेत। सुर्खेतको गुर्भाकोट नगरपालिका–८ सुन्दरनगरमा चिर्पट प्रहारबाट घाइते भएका ६२ वर्षीय मानबहादुर राजीको मृत्यु भएको छ। प्रहरीका अनुसार मंगलबार स्थानीय ४० वर्षीय टेकबहादुर विकले अजय...
काठमाडौँ। सम्भावित भारी वर्षा तथा त्यसबाट हुन सक्ने बाढी,पहिरो र डुबानलगायतका विपद्को जोखिमलाई मध्यनजर गर्दै स्वास्थ्य क्षेत्रलाई उच्च सतर्कतामा रही पूर्वतयारी तथा प्रतिकार्यका काम...
काठमाडौँ । लुम्बिनी प्रदेश सभाका सभामुख तुलाराम घर्ती, प्रदेश सभा सचिव दुर्लभ कुमार पुनसहित पाँच जनाविरुद्ध जालसाजी मुद्दा दायर भएको छ । जनता समाजवादी पार्टी...
काठमाडौं । नेकपा एमालेको आगामी मंसिर २ र ३ गते आयोजना हुने राष्ट्रिय भेलाको तयारी तीव्र पारिएको छ । राष्ट्रिय भेलाको तयारीका क्रममा आज...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend