टोरोन्टो – क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले यसै हप्ता राजिनामा दिने संकेत देखिएको छ । आफ्नो लिबरल पार्टी भित्र बढ्दो असन्तुष्टिको सामना गर्दै आएका ट्रुडोले यस हप्ता आफ्नो राजीनामाको घोषणा गर्ने सम्भावना रहेको द ग्लोब एन्ड मेलले उल्लेख गरेको छ ।
पार्टीको आन्तरिक मामिलाका बारेमा जानकार स्रोतका अनुसार ट्रुडोको घोषणा सोमबार पनि आउन सक्नेसमेत उल्लेख गरेको छ । उसका अनुसार बुधवार राष्ट्रिय लिबरल पार्टी क-कसको अगाडि उनको राजिनामा घोषणा हुन सक्छ। हालैका महिनाहरूमा ट्रुडोको लोकप्रियता घटेको छ ।
उनी नेतृत्वका प्रभावशाली मन्त्रीहरूले राजिनामा दिएर बाहिरिए पछि उनी थप संकटमा परेका छन । सरकार माथीको अविश्वासको मत र आलोचकहरूले उनको राजीनामाको माग गरिरहेको बेला उनको राजिनामा आउन सक्ने जनाइएको छ ।
उनले अक्टोबर २०१५ मा हुने चुनावमा उदारवादीहरूलाई मार्गदर्शन गर्न जारी राख्ने वाचा गरेका छन् । तर क्यानाडाका सामानहरूमा २५ प्रतिशतसम्म कर लगाउने अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पको चेतावनी पछि उनले थप दबाबको सामना गर्नुपरेको छ।
उपप्रधानमन्त्री क्रिस्टिया फ्रिल्याण्डले डिसेम्बरमा ट्रम्पको स्पष्ट योजनालाई कसरी प्रतिक्रिया दिने भन्ने कुरामा ट्रुडोसँग असहमति भएपछि उनको क्याबिनेट भित्र प्रधानमन्त्री विरुद्ध पहिलो खुला असहमति देखा परेको थियो । त्यस घटना पछि ट्रूडोले आफ्नो मन्त्रिपरिषद्मा ठूलो फेरबदलको घोषणा गरेका थिए, जो क्यानडाको राजनीतिक इतिहासमा एउटा उथलपुथल मानिएको छ ।
काठमाडौँ। पर्यटन विभागले कात्तिक ११ देखि १५ गतेसम्म देशका विभिन्न स्थानमा भारी वर्षा तथा हिमाली क्षेत्रमा हिमपात र हिमपहिरोको जोखिम रहेको भन्दै उच्च हिमाली...
काठमाडौं । अब नेपाली नागरिकले नागरिकताको प्रतिलिपि लिन गृह जिल्ला धाउनु पर्ने बाध्यताको अन्त्य भएको छ। अब काठमाडौँ उपत्यका लगायत जिल्ला प्रशासन कार्यालयबाट नागरिकताको...
काठमाडौं । बुधबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँ बढेको छ । अघिल्लो दिन...
सुर्खेत। सुर्खेतको गुर्भाकोट नगरपालिका–८ सुन्दरनगरमा चिर्पट प्रहारबाट घाइते भएका ६२ वर्षीय मानबहादुर राजीको मृत्यु भएको छ। प्रहरीका अनुसार मंगलबार स्थानीय ४० वर्षीय टेकबहादुर विकले अजय...
काठमाडौँ। सम्भावित भारी वर्षा तथा त्यसबाट हुन सक्ने बाढी,पहिरो र डुबानलगायतका विपद्को जोखिमलाई मध्यनजर गर्दै स्वास्थ्य क्षेत्रलाई उच्च सतर्कतामा रही पूर्वतयारी तथा प्रतिकार्यका काम...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend