न्युयोर्क – अमेरिकामा आइतबार देखी आएको भीषण हिम आँधीका कारण धेरै राज्यमा उच्च सतर्कता घोषणा गरिएको छ । यो पछिल्लो १० वर्षको सबैभन्दा खराब हिम तूफान हुनसक्ने अनुमान गरिएकाले ७ राज्यमा उच्च सतर्कता घोषणा गरिएको हो ।
जसअनुसार अमेरिकाले उच्च सर्तकता घोषणा गरेका ७ वटा राज्यहरूमा केन्टकी, भर्जिनिया, वेस्ट भर्जिनिया, कान्सास, अर्कान्सास र मिसौरीमा रहेका छन । अमेरिकाको राष्ट्रिय मौसम बिभागले यो आँधीले अमेरिकाका ६ करोडभन्दा बढी मानिसको जनजीवन प्रत्यक्ष रूपमा प्रभावित पार्न सक्ने जनाइएको छ । यतिखेर सामान्यतया न्यानो मौसम हुने फ्लोरिडामा पनि भारी हिमपात भइरहेको छ।
अमेरिकी सञ्चारमाध्यमका अनुसार कन्सास र मिसौरी राज्यका लागि विशेष चेतावनी जारी गरिएको छ। राष्ट्रिय मौसम बिभागका अनुसार यी दुई राज्यका धेरै क्षेत्रमा ८ इन्चसम्म हिमपात हुनसक्ने देखिएको छ भने अहिले पनि यहाँ ७२ किलोमिटर प्रतिघण्टाको गतिमा हावा चलिरहेको छ ।
ध्रुवीय भोर्टेक्स नै अमेरिकामा भइरहेको यो हिम तूफानको मुख्य कारण मानिन्छ। ध्रुवीय भोर्टेक्सहरू घडीको उल्टो दिशामा बग्छन्। ध्रुवीय भोर्टेक्स र यसको भौगोलिक संरचनाको कारण सामान्यतया उत्तरी ध्रुव वरिपरि घुमिरहन्छ। तर जब यो दक्षिणतिर सर्छ तब यसले अमेरिका, युरोप र एसियामा कडा चिसो ल्याउन सुरू गर्छ ।
अहिले अमेरिकामा पनि भइरहेको हो । मौसम विज्ञहरूका अनुसार यी ध्रुवीय हावाले युरोप र एसियामा पनि उड्ने भएकाले सो क्षेत्रमा पनि चिसो बढने र हिमपात हुने जनाएका छन ।
काठमाडौँ । सर्वोच्च अदालतले सार्वजनिक पदाधिकारीहरूले शिष्टाचार भेटघाट तथा विदेश भ्रमणका क्रममा प्राप्त गरेका उपहार राज्यकोषमा दाखिला गर्न सरकारका नाममा निर्देशनात्मक आदेश जारी गरेको...
काठमाडौँ । प्रतिनिधि सभामा ‘नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयक, २०८३’ प्रस्तुत भएको छ । सभाको आजको बैठकमा कानुन न्याय तथा संसदीय मामिलामन्त्री सोविता...
काठमाडौं । रास्वपाका सभापति रवि लामिछानेले पार्टी पंक्तिलाई नागरिकको आक्रोशलाई लक्षित गरेर सामाजिक सञ्जाल वा चोकचौतारोमा तुच्छ टीकाटिप्पणी नगर्न संसदबाट निर्देशन दिएका छन् । उनले...
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद रवि लामिछानेले ‘राज्य कहाँ छ?’भन्ने प्रश्न उठाउनेहरूलाई राज्य भग्नावशेष सुरुङभित्र आफ्ना नागरिक खोजिरहेको बताएका छन्। बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै लामिछानेले...
काठमाडौं । रसुवाको चिलिमे जलविद्युत् आयोजनाको सुरुङभित्र जारी उद्धार कार्यमा सहजीकरण र प्राविधिक सहयोगका लागि कुलमान घिसिङ आफ्नो टोलीसहित आयोजनास्थल पुगेका छन् । नेपाली सेनाले...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend