एजेन्सी – पूर्वप्रधानमन्त्री मनमोहन सिंहको आज (शनिबार) दिल्लीको कश्मीरी गेटस्थित निगमबोध घाटमा राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । उनका अन्त्येष्टि परिवार, साथीभाइ, सहकर्मी र सरकारी विशिष्ट व्यक्तिको उपस्थितिमा भएको थियो ।
उनीप्रति सम्मान व्यक्त गर्न सागर पुगेका राष्ट्रपति द्रौपदी मुर्मू, प्रधानमन्त्री नरेन्द्र मोदी, केन्द्रीय गृहमन्त्री अमित शाह र रक्षामन्त्री राजनाथ सिंहले उनको पार्थिव शरीरमा माल्यार्पण गरी श्रद्धाञ्जलि अर्पण गरेका थिए ।
शिख रीतिरिवाजअनुसार सिंहको अन्त्येष्टि गरिएको हो । काङ्ग्रेस अध्यक्ष मल्लिकार्जुन खड़गे, सोनिया गान्धी, राहुल गान्धीले पनि आफ्ना पूर्व नेता र पूर्व प्रधानमन्त्रीप्रति श्रद्धाञ्जलि सभा तथा अन्तिम संस्कारको कार्यक्रममा सहभागी भएका थिए ।
पूर्वप्रधानमन्त्री सिंहको पार्थिव शरीरलाई शनिबार बिहान उनको निवासबाट श्रद्धाञ्जलिका लागि दिल्लीस्थित अल इन्डिया कङ्ग्रेस कमिटी (एआईसीसी) को मुख्यालयमा ल्याइएको थियो । दिल्लीस्थित पूर्व प्रधानमन्त्रीको निवासबाहिर पनि श्रद्धाञ्जलि अर्पण गर्न कैयौँ मानिस भेला भएका थिए ।
यसअघि शुक्रबार मन्त्रिपरिषद्को बैठकपछि गृहमन्त्री अमित शाहले काङ्ग्रेस अध्यक्ष खड़गे र स्वर्गीय सिंहको परिवारलाई सरकारले स्मारकका लागि ठाउँ छुट्याइने जानकारी गराएका थिए ।
उनले लामो समय भारतीय राजनीतिमा सक्रिय थिए । विशेष गरी आर्थिक सङ्कटको समयमा स्थिर नेतृत्व र भारतको अर्थव्यवस्थाको आधुनिकीकरणमा उनको योगदानको लागि उनलाई सम्झना गरिन्छ ।
काठमाडौँ। पर्यटन विभागले कात्तिक ११ देखि १५ गतेसम्म देशका विभिन्न स्थानमा भारी वर्षा तथा हिमाली क्षेत्रमा हिमपात र हिमपहिरोको जोखिम रहेको भन्दै उच्च हिमाली...
काठमाडौं । अब नेपाली नागरिकले नागरिकताको प्रतिलिपि लिन गृह जिल्ला धाउनु पर्ने बाध्यताको अन्त्य भएको छ। अब काठमाडौँ उपत्यका लगायत जिल्ला प्रशासन कार्यालयबाट नागरिकताको...
काठमाडौं । बुधबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँ बढेको छ । अघिल्लो दिन...
सुर्खेत। सुर्खेतको गुर्भाकोट नगरपालिका–८ सुन्दरनगरमा चिर्पट प्रहारबाट घाइते भएका ६२ वर्षीय मानबहादुर राजीको मृत्यु भएको छ। प्रहरीका अनुसार मंगलबार स्थानीय ४० वर्षीय टेकबहादुर विकले अजय...
काठमाडौँ। सम्भावित भारी वर्षा तथा त्यसबाट हुन सक्ने बाढी,पहिरो र डुबानलगायतका विपद्को जोखिमलाई मध्यनजर गर्दै स्वास्थ्य क्षेत्रलाई उच्च सतर्कतामा रही पूर्वतयारी तथा प्रतिकार्यका काम...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend