Nepal Face
  • आइतबार, १० साउन २०८३
  • शोभा पाठक साधारण तारिखमा छुटिन्


    बिहिबार, पुष ११ २०८१
    1.8K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । महेश बस्नेतमाथि बलात्कारको आरोप लगाउँदैआएकी शोभा पाठक भनेर चिनिने जानुका पाठक साधारण तारेखमा छुटेकी छन् । काठमाडौं जिल्ला अदालतले बिहीबार साधारण तारेखमा छाड्न आदेश दिएको छ ।

    काठमाडौं जिल्ला अदालतका न्यायाधीश ध्रुवराज कार्कीको इजलासले पाठकलाई साधारण तारेखमा छाड्न आदेश दिएको हो ।

    पाठक १ पुसमा पक्राउ परेकी थिइन् । पाठकविरुद्ध साइबर कसुरको आरोपमा मुद्दा दायर गरिएको थियो ।

    प्रहरी वृत्त स्वयम्भूले पाठकबिरुद्ध मुद्दा दायर गरेको थियो । राजकुमार त्रिपाठीले पाठकले सामाजिक सञ्जालमार्फत् आफ्नो बेइज्जत गरेको भन्द विरुद्ध निवदेन दिएका थिए । त्यसपछि स्वयम्भूको प्रहरी टोलीले पाठकलाई १ पुसमा पक्राउ गरेको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार