अडेन । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार विश्वभरमा हैजाबाट सबैभन्दा बढी यमन प्रभावित हुन पुगेको छ।
डब्लुएचओले हालै सार्बजनिक गरेको एक तथ्यांक अुनसार डिसेम्बर १, २०२४ सम्म यमनमा २ लाख ४९ हजार ९०० जना यमनीमा हैजाका संदिग्ध हमला भएको र सो क्रममा ८ सय ६१ जनाको मृत्यु भएको छ ।
डब्लुएचओले पछिल्लो तथ्याङ्कले नोभेम्बर २०२४ मा रिपोर्ट गरिएका घटना र मृत्युको संख्या २०२३ को सोही अवधिको तुलनामा क्रमशः ३७ र २७ प्रतिशतले वृद्धि भएको उल्लेख गर्दै वर्षैपिच्छे उल्लेख्य वृद्धि भएको देखाएको छ। बितेका एक महिनामा नै करिब ४० प्रतिशत बिरामी बढेका छन ।
यमनको डब्ल्यूएचओ प्रतिनिधि र मिसन प्रमुख आर्टुरो पेसिगनले भने, ‘हैजा र तीव्र पानीको पखाला जस्ता पानीजन्य रोगहरूको प्रकोपले पहिले नै धेरै रोगहरूको प्रकोप सामना गरिरहेको अवस्थामा यसले यमनी जनताको थप स्वास्थ्य प्रणालीमा थप भार बढाएको छ ।’ सुरक्षित पिउने पानीको अभाव, अपर्याप्त सरसफाइ र समयमै चिकित्सा उपचारको कमजोर पहुँचले संकटलाई बढाएको पेसिगनले बताए।
समाचार एजेन्सी सिन्ह्वाका अनुसार डब्ल्यूएचओका अनुसार यमनमा वर्षौंदेखि हैजाको संक्रमण भइरहेको छ। २०१७र २०१२ को बीचमा पनि हैजाको प्रकोप बढेको थियो । प्रयासहरूको बावजुद बिग्रँदै गएको मानवीय अवस्थाका साथै स्वास्थ्य सेवाहरूमा सीमित पहुँचले २०१४ को अन्तदेखि लामो द्वन्द्वमा फसेको युद्धग्रस्त अरब देशमा रोगको पुनरुत्थानले थप संकट बढाएको छ ।
हैजा भनेको विब्रियो कोलेरा नामक ब्याक्टेरियाका केही प्रकारहरूद्वारा सानो आन्द्रामा हुने ब्याक्टेरिया संक्रमण हो, जसले गम्भीर पखाला निम्त्याउँछ र उपचार नगर्दा घातक हुन सक्छ।
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले सम्झौता नगरे अमेरिकाले ‘एपिक फ्युरी’जस्तै अर्को सैन्य अभियान सञ्चालन गर्न सक्ने चेतावनी दिएका छन् । यद्यपि, उनले दुवै...
बेइजिङ । चीनको दुर्गम तिब्बत क्षेत्रमा बिहीबार राति गएको ७.० म्याग्निच्युडको भूकम्पमा परी कम्तीमा १६ जनाको मृत्यु भएको छ भने ४६ जना घाइते भएका...
काठमाडौँ। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार दुबईबाट तेल अभिभ जाँदै गरेको फ्लाई दुबईको विमानमा भएको घटनाबारे इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुसँग फोनमा कुरा गरेका छन्। ट्रम्पका...
काठमाडौँ। चीनका राष्ट्रपति सी चिनफिङ पत्नीसहित बुधबार राति वासिङ्टन पुगेका छन्। तीन दिन अमेरिका भ्रमणका लागि उनी अमेरिका पुगेका हुन्। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको दम्पतीले...
काठमाडौँ। चिनियाँ सञ्चार माध्यम ग्लोबल टाइम्सका अनुसार चीनका राष्ट्रपति सी चिनफिङ १८औँ ब्रिक्स शिखर सम्मेलनमा भाग लिन शनिबार बेइजिङबाट भारत प्रस्थान गरेका छन्। उनी करिब...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend