Nepal Face
  • आइतबार, १० साउन २०८३
  • महिला यू-१९ एसिया कप : आज नेपाल र श्रीलंका भिड्दै


    बिहिबार, पुष ४ २०८१
    1K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ – महिला यु-१९ एसिया कप क्रिकेट प्रतियोगितामा नेपालले आज ‘सुपर फोर’मा श्रीलंकासँग प्रतिस्पर्धा गर्दैछ । मलेसियाको क्वालालम्पुरमा जारी खेल आज नेपाली समय अनुसार बिहान ११:४५ बजे नेपाल र श्रीलंकाबीच प्रतिस्पर्धा हुन लागेको हो ।

    नेपाल समूह बी को उपविजेता बन्दै सुपर फोरमा प्रवेश गरेको थियो । श्रीलंका भने समूह ए को दुवै खेल जितेर समूह विजेता बनेको थियो ।भारत र पाकिस्तानजस्ता टोली रहेको समूहमा नेपालले पहिलो खेलमै पाकिस्तानलाई ६ विकेटले हराएर सुपर फोरमा स्थान पक्का गरेको थियो ।

    भारतविरुद्ध दोस्रो खेल भने वर्षाका कारण प्रभावित हुँदा नेपाल र भारतले अंक बाँडेका थिए । समूह चरणमा नेपाल र भारत अपराजित रहँदै सुपर फोरमा पुगेको हो । समूह ए बाट बंगलादेश दुवै खेल जितेर समूह विजेताको हैसियतमा सुपर फोरमा पुग्दा श्रीलंकाले एक खेल जितेको थियो । पहिलो खेलमा घरेलु टोली मलेसियालाई हराएको श्रीलंका त्यसपछि बंगलादेशसँग पराजित भएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार