Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एनपीएल दोस्रो क्वालिफायरः जनकपुर र कर्णाली भिड्दै


    बिहिबार, पुष ४ २०८१
    1.4K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । आज जनकपुर बोल्टस र कर्णाली याक्स बिचमा प्रतिस्पर्धा हुदैँछ ।

    नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो क्वालिफायर खेलमा जनकपुर र कर्णाली प्रतिस्पर्धामा उत्रन लागेका हुन । त्रिभुवन विश्वबिधालय, किर्तिपुरस्थित खेल मैदानमा दिउँसाे १ः ०० बजेबाट साे खेल सुरू हुनेछ ।

    सुदुरपश्चिमसँग पहिलो क्ववालिफायर खेलमा ८ बिकेटले पराजित भएर आएको जनकपुर र इलिमिनेटरमा चितवन राइनोजलाई हराउँदै कर्णाली याक्स दोस्रो क्वालिफायरमा प्रवेश गरेका हुन । इलिमेटरमा खेल्नु अघि कर्णाली ८ अंकका साथ चौथो स्थानमा थियो भने जनकपुर बोल्टस १० अंकका साथ दोस्रो स्थानमा रहेको छ ।

    एनपीएल गत मंसीर १५ वाट सुरू भएको थियो ।  एनपीएलको विजेता टोलीले १ करोड ११ लाख रुपैयाँ पाउने भएको छ । एनपीएलको उद्घाटन कार्यक्रममा विजेता टोलीले १ करोड ११ लाख रुपैयाँ पाउनेछन् भने  प्रतियोगिताको उपविजेताले ५० लाख, तेस्रो हुने टिमले ३० लाख र चौथो हुने टिमले २० लाख रुपैयाँ पाउने आयोजकले जनाएको छ।

    जनकपुर बोल्ट्स

    आसिफ शेख – मार्की, ललित राजवंशी, अनिलकुमार साह, रुपेश सिंह, किशोर महतो, आकाश त्रिपाठी, शुभ कंसाकर, शेर मल्ल, हेमन्त धामी, अरनिको प्रसाद यादव, तुलबहादुर थापा मगर, जिमी निशम (न्युजिल्यान्ड), जोशुआ ट्रम्प (अमेरिका), बेन माइक (इंग्ल्यान्ड), मोहमद मोहसिन (पाकिस्तान), लाहिरू मिलन्था (अमेरिका), हर्ष थाकर (क्यानडा)।

    कर्णाली याक्स 

    सोमपाल कामी– मार्की, गुलशन कुमार झा, नन्दन यादव, मौसम ढकाल, अर्जुन घर्ती, देव खनाल, रित गौतम, भुवन कार्की, दिपेन्द्र रावत, दिपक डुम्रे, युनिसविक्रम सिंह ठकुरी, बाबर हायत (हङकङ), चाडविक वाल्टन (वेस्ट इन्डिज), जीशान मक्सुद (ओमान),  विपिन शर्मा (आइकोनिक)।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार