काठमाडौं – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) मा पोखरा एभेन्जर्सले विराटनगर किंग्सलाई सुपर ओभरमा पराजित गरेको छ। पाँचौं खेलमा पोखराको यो दोस्रो जित हो।
विराटनगर भने पाँच मध्ये चार खेलमा पराजित भइसकेको छ। चार खेलमा पराजित भएसँगै विराटनगर लिग चरणबाट बाहिरिने संघारमा छ।
एनपिएलकै पहिलो सुपर ओभरमा पहिले ब्याटिङ गरेको पोखराका लागि आन्द्रेस गौस र रेमन्ड रेइफरले ब्याटिङ गरेका थिए। बलिङमा विराटनगरका कप्तान सन्दीप लामिछाने थिए। जसमा रेइफरले सुरुवाती दुई बलमा छक्का प्रहार गरे।
सुपर ओभरमा १९ रनको लक्ष्य पाएको विराटनगरका लागि मार्टिन गप्टिल र निकोलास किर्टोन ब्याटिङमा थिए। बलिङमा पोखराका रेइफर थिए। पहिलो बलमा गप्टिलले ब्याट घुमाए पनि एक रन लिन सके। दोस्रो बलमा पनि किर्टोनले एक रन लिए। तेस्रो बलमा पनि गप्टिलले एक रन मात्र लिन सके। चौथो बल डट भयो। पाँचौ बलमा किर्टोनले एक रन लिए। त्यसपछि बल वाइड भयो। छैटौं बलमा गप्टिलले कुनै रन लिन नसक्दा विराटनगरले सुपर ओभरमा ५ रन मात्र जोड्न सक्यो।
त्यसअघि दुवै टोलीले २० ओभरमा १३९-१३९ रन जोडेपछि खेल सुपर ओभरमा गएको थियो। १४० रनको लक्ष्य पछ्याउने क्रममा १९औं ओभरमा विराटनगरका प्रतिश जिसीले पोखराका माइकल लिक्सलाई ११ रनमा बोल्ड गरेपछि खेल रोमाञ्चक मोडमा पुग्यो।
पोखरालाई अन्तिम ओभरमा जितका लागि १४ रन चाहिएको थियो। ब्याटिङमा रेमन्ड रेइफर र नारायण जोशी थिए। बलिङमा बसिर अहमद आएका थिए। पहिलो बलमा नाराणयले रन लिन सकेनन्। दोस्रो बलमा एक रन लिए। तेस्रो बलमा रेइफरले छक्का प्रहार गरे। चौथो बल डट भयो। पाँचौ बलमा पनि डट नै भएको थियो। अन्तिम बल छक्का भएसँगै दुवैको टोलीको स्कोर बराबरी भयो। खेलमा रेइफरले २३ बलमा ३४ रन जोडे।
काठमाडौं । बुधबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँ बढेको छ । अघिल्लो दिन...
सुर्खेत। सुर्खेतको गुर्भाकोट नगरपालिका–८ सुन्दरनगरमा चिर्पट प्रहारबाट घाइते भएका ६२ वर्षीय मानबहादुर राजीको मृत्यु भएको छ। प्रहरीका अनुसार मंगलबार स्थानीय ४० वर्षीय टेकबहादुर विकले अजय...
काठमाडौँ। सम्भावित भारी वर्षा तथा त्यसबाट हुन सक्ने बाढी,पहिरो र डुबानलगायतका विपद्को जोखिमलाई मध्यनजर गर्दै स्वास्थ्य क्षेत्रलाई उच्च सतर्कतामा रही पूर्वतयारी तथा प्रतिकार्यका काम...
काठमाडौँ । लुम्बिनी प्रदेश सभाका सभामुख तुलाराम घर्ती, प्रदेश सभा सचिव दुर्लभ कुमार पुनसहित पाँच जनाविरुद्ध जालसाजी मुद्दा दायर भएको छ । जनता समाजवादी पार्टी...
काठमाडौं । नेकपा एमालेको आगामी मंसिर २ र ३ गते आयोजना हुने राष्ट्रिय भेलाको तयारी तीव्र पारिएको छ । राष्ट्रिय भेलाको तयारीका क्रममा आज...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend