काठमाडौं – लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा पहिलो जित हात पारेको छ । कप्तान रोहित पौडेलले ब्याट र बलमा उत्कृष्ट प्रदर्शन गरेपछि लगातार चार खेल हारेको लुम्बिनीले चितवन राइनोजलाई ३३ रनले हराउँदै जितको पहिलो स्वाद चाखेको हो ।
रोहितको ४ विकेट प्रदर्शनमा १६८ रनको लक्ष्य पछ्याएको चितवन राइनोजले पूरै २० ओभर खेल्दा पनि ८ विकेट गुमाएर १३४ रन मात्र बनाउन सक्यो । रोहितले ब्याटिङमा ८० रन बनाए । पहिलो जितपछि लुम्बिनीले पाँचौ खेलमा अंक खाता खोलेको छ ।
चितवनका लागि लुक बेन्केनसटाइनले सर्वाधिक ३१ रन बनाउनबाहेक अन्य ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् । कप्तान कुशल मल्ल २०, रवि बोपारा १२ र सन्तोष कार्की १० रन बनाएर आउट भए ।
त्यसअघि कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले कप्तान रोहित पौडेल र साद विन जफरको अर्धशत मदतमा ६ विकेट गुमाएर १६७ रन बनाएको थियो ।
आजै हुने दोस्रो खेलमा पोखरा एभेन्जर्स र कर्णाली याक्स भिड्खैछन् । सो खेल दिउँसो १ बजे सुरु हुनेछ ।
काठमाडौं । बुधबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँ बढेको छ । अघिल्लो दिन...
सुर्खेत। सुर्खेतको गुर्भाकोट नगरपालिका–८ सुन्दरनगरमा चिर्पट प्रहारबाट घाइते भएका ६२ वर्षीय मानबहादुर राजीको मृत्यु भएको छ। प्रहरीका अनुसार मंगलबार स्थानीय ४० वर्षीय टेकबहादुर विकले अजय...
काठमाडौँ। सम्भावित भारी वर्षा तथा त्यसबाट हुन सक्ने बाढी,पहिरो र डुबानलगायतका विपद्को जोखिमलाई मध्यनजर गर्दै स्वास्थ्य क्षेत्रलाई उच्च सतर्कतामा रही पूर्वतयारी तथा प्रतिकार्यका काम...
काठमाडौँ । लुम्बिनी प्रदेश सभाका सभामुख तुलाराम घर्ती, प्रदेश सभा सचिव दुर्लभ कुमार पुनसहित पाँच जनाविरुद्ध जालसाजी मुद्दा दायर भएको छ । जनता समाजवादी पार्टी...
काठमाडौं । नेकपा एमालेको आगामी मंसिर २ र ३ गते आयोजना हुने राष्ट्रिय भेलाको तयारी तीव्र पारिएको छ । राष्ट्रिय भेलाको तयारीका क्रममा आज...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend