सञ्जय मिश्रा
रौतहट । बिश्व प्रसिध्द बारा बरियारपुर स्थित पंचवर्षीय गढीमाई मेलामा आज बली दिने क्रम जारी रहेको छ ।
सो मेलामा बली दिन भारतीयहरूले ल्याउँदै गरेको सैयौं पशु चौपाया भारतीय सिमानामा रोकेर फिर्ता पठाएको छ। गढीमाई मन्दिरमा गरिएको भाकल पूरा भए पछी भारत बिहारको बिभिन्न स्थानबाट बली प्रदान गर्न भक्तजनहरूले ल्याएको राँगा र बोका एक गैर सरकारी संस्थाका प्रतिनिधिहरूले भारतीय सिमानामा रोकेर फिर्ता पठाउन लगाएका हुन्।
पशु बलिको बिरोध गर्दै आएका भारतीय गैर सरकारी संस्था वर्ल्ड लाइफ दिल्लीबाट आएको प्रतिनिधिहरू डिसेम्बर १ तारिक देखी भारतीय सीमानाकाहरुमा सक्रिय देखिएका छन्। बारा बरियारपुर स्थित बिश्व प्रसिध्द गढीमाई मन्दिरमा भारत बाट आउने मुख्य नाकाहरुमा उनीहरू भारतीय प्रहरीको सहयोगमा पशु चौपाया रोकेर फिर्ता पठाइरहेको प्रत्यक्षदर्शीले बताएका छन्।
गढीमाई मन्दिरमा बलिको लागी भारतबाट पशु चौपाया लिएर आउने मुख्य भारतीय सिमानाकाहरु रक्सौल, आदापुर, छौडादानो, सन्तगन्ज, झरौखर, जमुनिया, बैरगनिया लगायत रहेको छ। एकसाता देखी सक्रिय ती संस्थाका प्रतिनिधिहरुले गढिमाई मन्दिरमा बलीको लागी बिभिन्न नाका हुँदै ल्याउन लागिएको ५०० भन्दा बढी राँगा र बोका भारतीय सिमानाबाट फिर्ता पठाएको भारतीय सीमा सुरक्षा बल एसएसबी स्रोतले जनाएको छ।
मुख्यतयाः बिहारको बिभिन्न स्थानबाट गढीमाई मन्दिरमा बली दिन ल्याएको ठूलो संख्यामा राँगा र बोका भक्तजनहरूले चोर नाका हुँदै भित्रयाउन सफल भएको एसएसबी स्रोतको दाबी रहेको छ।
बारा महागढीनाई नगरपालिका १ बरियारपुर स्थित विश्व प्रसिद्ध गढीमाई मेला मंसिर १ गते देखि सुरु भएको छ। गढीमाई मेलामा हिजो शनिवार अहिले सम्मकै उच्च भिड देखिएको थियो । विश्वमै पशु बलिको रुपमा प्रख्यात रहेको बरियारपुर गढीमाई मेलामा देश बिदेश बाट दर्शनार्थीहरु आउने क्रम जारी रहेको छ । यस बर्षको मेलामा करिब ३ करोड दर्शनार्थी मेलाको अवलोकन गर्ने मेला समितिले अनुमान गरेको छ ।
मंसिर २३ गते आज आईतवार विशेष पूजा सम्पन्न भए पछि पशु बलि दिइने सुरु हुने कार्यक्रम तय भएको मेला मुल ब्यवस्थापन समितिका अध्यक्ष एवं महागढीमाई नगरपालिकाका मेयर उपेन्द्र प्रसाद यादवले बताएका थिए ।
गढीमाई मन्दिरका मुल पूजारीले नर बलि दिए पछि मात्र गढीमाई मेलामा पशु बलि दिइने परम्परा रहेको छ। मन्दिरका मूल पुजारी मंगल चौधरीसँग मिलेर बिशेष पूजा गरे पछि मूल तान्त्रिक रौतहट गुजरा नगरपालिका ३ सिमरी गाउँका उमाशंकर कछाडिया धामीले आफ्नो सरीरको ५ स्थानबाट रगत निकालेर देवीलाई चढाएपछि पशु बली सुरु भएको थियो । मुल तान्त्रिकले आफ्नो सरीरबाट रगत निकालेर चढाउने विधिलाई नर बली भन्ने गरिन्छ।
आज बिहानसम्म पशु बलिको लागि मेलामा करिब २ हजार भन्दा बढी राँगा आईसकेको र आउने क्रम जारी रहेको बलि ब्यवस्थापन उपसमितिले जनाएको थियो । विश्व प्रसिद्ध गढीमाई मेला प्रत्येक पाँच बर्षमा लाग्ने गर्छ । मंसिर १ गते देखि सुरु भएको गढीमाईको मेला मंसिर ३० गते सम्म चल्ने छ ।
काठमाडौं । नेपाली चलचित्र क्षेत्रको प्रतिष्ठित १७ औँ डि सिने अवार्ड समारोहमा पत्रकार नुमाकान्त पौडेल सम्मानित भएका छन् । छायाँछवि क्रियशनको आयोजनामा काठमाडौंमा रहेको...
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले चलचित्र लालीबजार रोक्नुपर्ने बताएका छन् । अध्यक्ष साम्पाङले सामाजिक संजालमै लालीबजार रोक्नुपर्ने बताएका छन् । उनले लेखेका...
काठमाडौं । गएको भदौ २४ गतेको जेनजी प्रदर्शनमा नख्खुजेलमा आगजनी गरी कैदमुक्त भएका रास्वपा सभापति रवि लामिछानेलाई सनरुफवाला बीआईडी गाडीमा राखी आफैंले हाँकेको अन्तर्वार्ता...
काठमाडौँ। गायक रामकृष्ण ढकालले साइबर ब्युरोमा उजुरी दिएका छन्। गायक ढकालले आफ्नो चरित्र हत्या गरेको भन्दै शुक्रबार उजुरी दिएको साइबर ब्युरोका प्रमुख डीआईजी नविन्द अर्यालले...
मुम्बई । भारतीय संगीतकी महान् गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन भएको छ । केही महिनादेखि अस्वस्थ रहेकी उनलाई शनिबार मुटु र श्वासप्रश्वाससम्बन्धी समस्या...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend