Nepal Face
  • आइतबार, १० साउन २०८३
  • लुम्बिनीले विराटनगरलाई दियो १९२ रनको लक्ष्य


    बुधबार, मंसिर १९ २०८१
    990
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं – लुम्बिनी लायन्सले नपाल प्रिमियर लिग एनपीएलमा विराटनगर किंग्सलाई १९२ रनको लक्ष्य दिएको छ ।

    कीर्तिपुरस्थित टीयू मैदानमा आज भएको दोस्रो खेलमा टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १९१ रन बनाएको हो ।

    जारी एनपीएलमा एकै खेलमा बनेको यो उच्च स्कोर हो । यसअघि मंगलबार सुदूरपश्चिम रोएल्सले विराटनगर विरुद्ध नै १८२ रन बनाएको थियो ।

    लिगमा आफ्नो पहिलो खेल खेलिरहेको लुम्बिनीका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ४६ रन बनाए । अरध्शतकबाट चार रनले मात्र चुकेका उनले २९ बल खेल्दै ४ चौका र २ छक्का प्रहार गरे । यस्तै इंग्लयाण्डका टम मुर्सले १७ बलमा १ चौका र ३ छक्का प्रहार गर्दै ३० रन जोडे ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार