काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमण चार दिने हुने भएको छ ।
मंसिर १७ गते चीन जान लागेका ओलीले चिनियाँ राष्ट्रपति सी जिनपिङ र प्रधानमन्त्री लि छ्याङसँग बेग्लाबेग्लै भेटवार्ता गर्नेछन् ।
जसका लागि मंसिर १८ को मिति तय गरिएको छ । उनी बेइजिङबाहेक अन्य कुनै सहरमा जाने छैनन् ।
मुख्यतयाः चीनको ठुलो परियोजना बिआरआई कार्यान्वयन सम्झौता गर्नका लागी चीन जान लागेका प्रधानमन्त्री ओली सोही सम्झौताका बारेमा बढी केन्द्रित हुनेछन् ।
त्यसको तयारीका लागि परराष्ट्र मन्त्री आरजु राणा पाँच दिन अगावै मंशिर १३ गते चीन जानेछिन् । मुख्यतयाः चीनको ठुृला परियोजना बिआरआई कार्यान्वयनसम्झौता गर्ने विषयमा कांग्रेस–एमालेबिच बिबाद कायमै रहेको बेला त्यसको पृष्ठभुमी तयारीका लागि परराष्ट्र मन्त्री पाँच दिन अगावै चीन जान लागेको बुझिएको छ ।
विआरआइ सम्झौता कार्यन्वयनका लागि देशमा दुइ धार देखा परे पछि प्रधानमन्त्री ओलीले आज पुर्व प्रधानमन्त्री, पुर्व परराष्ट्र मन्त्री, कुटनीतिक क्षेत्रका बिज्ञ र चिनियाँ जानकारसँग छलफल गर्दैछन् ।
प्रधानमन्त्री ओली मंसिर २० मा स्वदेश फर्किनेछन ।
काठमाडौं । स्याङ्जाको तत्कालीन चिन्नेबास गाविस(हाल विरुवा गाउँपालिका) को मान्के गाउँबाट सुरु भएको टंक लम्सालको यात्रा अहिले जर्मनी हुँदै नेपाली कांग्रेसको केन्द्रीय राजनीतिसम्म आइपुगेको...
काठमाडौँ। नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि बिहीबार बिहान १० बजेदेखि मतदान हुने भएको छ। महाधिवेशनमा सहभागी सात हजार २५५ प्रतिनिधिले कांग्रेसको...
काठमाडौं । कांग्रेसको जारी महाधिवेशनमा खुला उपसभापतिमा उम्मेदवारी दिएका देवराज चालिसेले आफ्नो उम्मेदवारी फिर्ता गरेका छन् । उनले केहीबेर अघिमात्रै आफ्नो उम्मेदवारी फिर्ता गरेको घोषणा...
काठमाडौँ । मन्त्रिपरिषद्को बैठक आज बस्ने भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा अपराह्न ४ बजे बैठक बस्न लागेको हो। बैठकमा विभिन्न मन्त्रालयबाट पेस भएका प्रस्तावसहित...
काठमाडौँ। नेपाली कांग्रेसका नेता किशोरसिंह राठौरले उम्मेदवारी फिर्ता लिएका छन्। जारी १५ औं महाधिवेशनमा उनी सभापति पदका उम्मेदवार थिए। आज पत्रकार सम्मेलन गर्दै राठौरले सभापतिमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend