काठमाडौं – श्रीलङ्कामा हालै (१४ नोभेम्बर, २०२४ मा) सम्पन्न संसदीय निर्वाचनमा कम्युनिष्ट पार्टीले सानदार विजय प्राप्त गरेकोमा नेकपा एमालेले खुसी प्रकट गरेको छ ।
श्रीलङ्कामा कम्युनिस्ट पार्टीले निर्वाचनमा हासिल गरेको अपूर्व सफलताप्रति खुसी प्रकट गर्दछ एमालेले बधाई ज्ञापन गरेको छ । निर्वाचनमा २ सय २५ स्थानमध्ये १ सय ५९ स्थान जितेर नेसनल पिपुल्स पावर (एनपिपी) पार्टीले दुईतिहाई बहुमत हासिल गरेको छ ।
कुशासन, राजनीतिमा हाबी, परिवारवाद र चरम आर्थिक सङ्कटका विरुद्धमा दुई वर्षअघि श्रीलङ्काली जनताले गरेको आन्दोलनका कारण सत्ता परिवर्तन भई करिब दुई महिनाअघि (२१ सेप्टेम्बर २०२४) सम्पन्न राष्ट्रपतीय निर्वाचनमा एनपिपीका नेता अनुराकुमार देशनायकेको विजय र हालै सम्पन्न संसदीय निर्वाचनमा पनि सोही पार्टीको विजयले श्रीलङ्कामा राजनीतिक स्थायित्व, आर्थिक सुधार, सामाजिक न्याय र आत्मनिर्भरता अभिवृद्धि हुने विश्वास एमाले व्यक्त गरेको छ ।
एमाले महासचिव शंकर पोखरेलले आइतबार एक वक्तव्य जारी गरी कम्युनिष्ट पार्टीले जनताको लोकप्रिय अभिमत र जनताको विश्वास हासिल गरेर राजनीतिक, सामाजिक र आर्थिक परिवर्तनको नेतृत्व गर्न खरो उत्रिनुपर्दछ भन्ने जननेता मदन भण्डारीद्वारा प्रतिपादित जनताको बहुदलीय जनवादको मान्यतामा दृढ विश्वास राख्दै त्यसलाई कार्यान्वयन गरिरहेको नेकपा एमाले पार्टी श्रीलङ्कामा कम्युनिष्ट पार्टीले निर्वाचनमा हासिल गरेको अपूर्व सफलताबाट खुसी भएको उल्लेख गरेका छन् ।
निर्वाचनका माध्यमबाट जनताको मन जितेर उनीहरूको सेवा गर्न सकिन्छ भन्ने कुरालाई व्यवहारमा प्रमाणित गरेर कम्युनिस्ट आन्दोलनलाई अझ लोकप्रिय र विश्वासिलो बनाउनका लागि जनता विमुक्ति पेरामुना (जेभिपी), यसको अगुवाइमा स्थापित मोर्चा एनपिपी र राष्ट्रपति अनुराकुमार देशानायकेलाई सफलता प्राप्त हुनेछ भन्ने विश्वास हाम्रो पार्टी व्यक्त गर्दछ’, विज्ञप्तिमा लेखिएको छ ।
सङ्कटका बेला जनताले रोजेको विकल्पलाई सही रूपमा सफल पारेर श्रीलङ्काले विश्वमै नमुना प्रस्तुत गर्न सकोस् भन्ने शुभकामना एमालले दिएको छ ।
काठमाडौँ । शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका रजिस्ट्रार भीमबहादुर चन्दले आफूलाई पदमुक्त गर्न माग गर्दै अनशन बसेका डा। गोविन्द केसीलाई खुला पत्र लेखेका...
काठमाडौं । सुनसरीको देवानगञ्जमा दुई समुदायबीच भएको झडप र झडपपछि प्रहरीले गोली चलाएको घटनामा राष्ट्रिय मानव अधिकार आयोगले अनुसन्धान गर्ने भएको छ । आयोगका प्रवक्ता...
काठमाडौँ । संघीय संसद्का सदस्यलाई निजी स्वकीय सचिव (पीए) राख्न दिने सरकारको निर्णयविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश विनोद...
काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलसँग संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले भेटवार्ता गरेका छन्। सोमबार बिहान राष्ट्रपति भवन शीतल निवासमा उनीहरूबीच भेटवार्ता भएको हो। भेटमा समसामयिक राजनीतिक...
काठमाडौँ । सुनसरीमा धार्मिक सद्भाव भड्किएको घटनाबारे छलफल गृहमन्त्री सुधन गुरुङले केन्द्रीय सुरक्षा समितिको बैठक बोलाएका छन् । सोमबार बिहान मन्त्रालयका सचिव, आईजीपी र सशस्त्र...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend