Nepal Face
  • शनिबार, ८ कार्तिक २०८३
  • एमाले र कांग्रेस मिलेर लोकतन्त्र मर्न दिदैनौं : प्रधानमन्त्री ओली


    शनिबार, कार्तिक १० २०८१
    2.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले परिवर्तनका लागि भएका आन्दोलनको इतिहास बोकेका नेकपा (एमाले) र नेपाली कांग्रेससहितका दलले सरकार सञ्चालन गरेकाले यी दलले लोकतन्त्रलाई मर्न नदिने स्पष्ट गरेका छन् ।

    वन तथा वातावरण मन्त्रालयले आयोजना गरेको राष्ट्रिय जलवायु सम्मेलनमा सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले लोकतन्त्र, देश र मानव जातिका लागि सर्वाेत्तम प्रणाली भएकाले यस प्रणालीप्रति आफूहरु पूर्ण कटिबद्ध भएको स्पष्ट गरेका हुन् ।

    उनले भने- ‘हामी केही गर्दैछौँ । जनतालाई भोकै मर्न दिँदैनौँ । गरिबीसँग तड्पिन दिँदैनौँ । त्यसका लागि अहिलेको सरकार बनेको हो ।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार