काठमाडौँ । भारतका चर्चित निर्देशक एसएस राजामौली फिल्म बाहुबलीको तेस्रो संस्करण बनाउने तयारीमा छन् ।
मिडिया रिपोर्टका अनुसार पुराना दुवै फिल्म जस्तै यस फिल्ममा पनि प्रभास मुख्य भूमिकामा देखिने बताइएको छ । उक्त खुलासा फिल्म कंगुवाका निर्माता ज्ञानवेल राजाले गरेका हुन् । उनले फिल्म कंगुवाको सिक्वेल पनि बन्ने बताए । ज्ञानवेल २०१५ को फिल्म बाहुबलीको तमिल वितरक पनि थिए ।
ज्ञानवेलले भने, ‘बाहुबली ३ प्लानिङ स्टेजमा छ । गत हप्ता चलचित्रकर्मीसँगको छलफलका क्रममा थाहा भयो । उनले बाहुबली १ र २ बनाएका थिए । तर अब उनीहरु लामो समयपछि बाहुबली ३ बनाउने योजनामा छन् ।’ ज्ञानवेलले कल्की २८९८ ईस्वी र सालारको सिक्वेलको उदाहरण पनि दिए, जुन लामो अन्तरालपछि बन्नेछ । त्यस्तै कंगुवाको सिक्वेल पनि बन्नेछ ।
केही समयअघि एक कार्यक्रममा राजामौलीलाई फिल्म ‘बाहुबली’ फ्रेन्चाइज दुई पार्ट रिलिज भएपछि अगाडि बढ्छ कि भनेर सोधिएको थियो, उनले भनेका थिए, ‘बाहुबली एनिमेटेड सिरिजमा मात्र अगाडि बढ्ने छैन अन्यमा पनि अगाडि बढ्नेछ माध्यमहरू बढाइनेछ। अहिले यो प्लेटफर्ममा यसको बारेमा कुरा गर्ने सही समय होइन ।’
‘बाहुबली’ का निर्माता शोबु यार्लागड्डाले पनि यो कुरामा सहमति जनाउदै अहिलेसम्म ‘बाहुबली’ सिरिजका फिल्महरु सानो हिस्सा मात्र भएको बताए । यसमा धेरै फ्रान्चाइजीहरू बनाउन सकिने बताएका थिए ।
सन् २०१५ मा रिलिज भएको फिल्म ‘बाहुबली’ तेलुगु र साउथ सिनेमाको सबैभन्दा धेरै कमाउने फिल्म बनेको थियो । यो भारतको सबैभन्दा धेरै कमाउने हिन्दी डब फिल्म पनि थियो । प्रभासको फिल्म ‘बाहुबली’ भारतको पहिलो फिल्म हो, जसले १० दिनमा हजार करोड रुपैयाँ कमाएको छ । त्यस्तै बाहुबली- २ २०१७ मा रिलिज भएको थियो । यसको हिन्दी संस्करणले ५१०.९० करोड कमाएको थियो ।
काठमाडौं । नेपालीहरुको महान् पर्व बडादशैंअन्तर्गत आज विजया दशमी मनाइँदै छ । आज मान्यजनबाट देवीको प्रसादका रूपमा टीका, जमरा र आशीर्वाद ग्रहण गरिँदै छ...
काठमाडौं। महानवमीका दिन मात्र खुल्ने तलेजु भवानीको मन्दिर आज बिहान ५ बजेदेखि नै सर्वसाधारणका लागि खुला गरिएको छ। हनुमानढोका दरबार क्षेत्रमा रहेको वर्षमा एकपटक...
काठमाडौँ। लामो समयदेखि रिक्त लुम्बिनी विकास कोषको उपाध्यक्ष पदमा बौद्ध भिक्षुणी तथा गायिका आनी छोइङ डोल्मा (छोइङ डोल्मा लामा मोक्तान) लाई नियुक्त गरिएको छ। संस्कृति,...
काठमाडौँ। सूचना तथा सञ्चार मन्त्रालयले चलचित्र विकास बोर्डको अध्यक्ष पदका लागि खुल्ला दरखास्त आह्वान गरेको छ। मन्त्रालयले बोर्डको अध्यक्ष पदमा एक जना योग्य उम्मेदवार छनोट...
काठमाडौं । सरकारले तीन प्रतिष्ठानमा कुलपति, उपकुलपतिसहितका पदाधिकारी नियुक्त गरेको छ । नेपाल प्रज्ञा प्रतिष्ठान, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान र नेपाल संगीत तथा नाट्य प्रतिष्ठानमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend