Nepal Face
  • आइतबार, १० साउन २०८३
  • राष्ट्रिय विपद् जोखिम व्यवस्थापन प्राधिकरणको कार्यकारी समितिको बैठक आज बस्दै


    बिहिबार, कार्तिक १ २०८१
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी समितिको बैठक आज बस्दैछ ।

    गृहमन्त्री अध्यक्ष रहेको प्राधिकरणको बैठक आज अपराहन्न ३ बजे प्राधिकरणको कार्यालय, सिंहदरबारमा बस्ने गृहमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

    आजको बैठकले बाढी पहिरोपछिको राहत वितरण र पुन: निर्माणबारे महत्वपूर्ण निर्णय गरेर सरकारलाई सिफारिस गर्ने तयारी गरिएको छ ।

    प्राधिकरणको सिफारिस अनुसार आजै बस्ने मन्त्रिपरिषदको बैठकले यस विषयमा निर्णय लिने बताइएको छ ।

    प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत(सीईओ)अनिल पोखरेल बिपद् समन्वय गर्न छाडेर बिजयादशमीको दिन असोज २६ गते अर्थनहीन कार्यक्रमको बहानामा फिलिपिन्स भ्रमणमा गएकोमा आलोचित छन् । उनी प्राधिकरणमा नियुक्त भएपछि दसौं पटक विकास साझेदारहरुसँग पैसा माग्दै विदेश घुम्न गएको आरोप छ ।

    जाजरकोट भूकम्पदेखि हालको बाढीपहिरोमा प्राधिकरणको भूमिका अत्यन्त कमजोर देखिनुमा सीईओ पोखरेलकै अक्षमताका रुपमा लिइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार