बिशाल बस्नेत
महोत्तरी । धनुषा मिथिला–१० का नेत्रबहादुर कार्कीले इटहरीबाट मावली टिका लगाउन आएकी नातिनी नित्या कुँवरको अगाडितर्फ दुई वटा दारा दाँत पलाएको देखेपछि मंगलवार हत्तपत्त उपचारको लागि बर्दिवास पुर्याए । कार्कीले ६ बर्षीय नातिनीको बर्दिवासस्थित मकालु डेन्टल केयरमा पुर्र्याएर हल्लिएको र दारा दाँत पलाएको ठाँउ देखाएर निकाल्नुपर्ने त बताए तर त्यसको ठिक उल्टो बन्यो ।
उपचार कक्षवाट रुँदै दाँत निकालेर नातिनी बाहिर आउदा जव कार्कीले हेरे तव देखाएको दाँत ननिकाली अर्कै दाँत निकालिएको थियो । निकाल्नुपर्ने दाँत ननिकाली अर्कै दाँत किन निकालियो भन्ने विषयमा प्रश्न उठेको छ ।
‘हामी करिव १२ बजेतिर क्लीनीक पुगेका थियौं । त्यहाँ ठूलो बोर्डमा विशेषज्ञहरुको नाम राखेर उपचार गरिने भनेर राखिएको थियो ।’ बालिकाका हजुरबुबा कार्कीले भने– ‘उत्कृष्ट उपचार हुन्छ भन्ने लाग्यो तर याँहा त नसोचेको पो भयो ।’

बालिकाको दाँत निकाल्ने क्लीनीकको सामान्य कर्मचारीमात्र भएको खुलेको छ । चिकित्सकको सल्लाह विना नै दाँत उखेल्ने जस्तो विषयमा हेलचेक्र्याई गर्नु क्लीनीक संचालकको गैरजिम्मेवार देखिएको पीडितहरुले गुनासो गरेका छन् ।
एक बर्षदेखि क्लीनीकमा काम गर्दै आएकी विनिता महतोले उक्त दाँत निकालेकी थिइन् । आत्मबिश्वासका आधारमा दाँत निकालेतापनि आफूबाट गल्ती भएको महतोले स्वीकार गरिन् ।
तर दाँत निकाल्ने विषयमा कर्मचारीलाई कुनै आधिकारिकता आफूहरुबाट नभएको चिकित्सक अन्जली साहले दावी गरेकी छन् । ‘उनले दाँत कसरी र कुन आधारमा निकालिन् भन्ने विषयमा हामी बुझ्छौं तर हामीसँग कुनै सल्लाह भएको छैन ।’ डा. साहले भनिन्,– ‘वास्तवमा नै गल्ती भएको छ, यो मेडिकल प्रक्रिया विपरीत भएको विषयमा हामि स्वीकार गर्छौं ।’
यता असैह्य भएर ६ बर्षीय बालिका दाँत निकाल्न जाँदा अर्कै दाँत निकालिनुले आम मानिसमा संशय र त्रास सिर्जना भएको स्थानीयहरुले प्रतिक्रिया दिएका छन् । स्थानीय गुन्ज कार्कीले यस्तो खाल्को गैरजिम्मेवार भत्सर्नाजन्य भएको बताए ।
नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख सुरेश पासवानले मेडिकल प्रक्रियाविना जताभावी उपचार गर्नु गलत भएको बताउँदै नगरले नियमन प्रक्रियालाई अगाडि बढाइरहेको बताएका छन् । ‘हामीले मकालु लगायत सवैलाई नगरमा कागजपत्र पेश गर्न सुचना निकालेका थियौं तर उहाँहरु आउनुभएन ।’ प्रमुख पासवानले भने– ‘त्यो मकालु त मैले नाम नै सुनेको छैन । आवश्यक कारवाही प्रक्रिया अगाडि बढाउँँछौं ।’
बालिकाको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको छ । नहल्लिएको दाँत निकालेपछि पीडामा रहेकी नित्यालाई तत्काल नजिकैको अस्पताल पुर्याएर चिकित्सकको सल्लाह लिएको हजुरवुवा कार्कीले बताए । उनलाई अस्पतालका चिकित्सकहरुले औषधी लेखेर दिएको र अहिले स्वास्थ्य अवस्था सामान्य रहेको कार्कीले जानकारी दिए ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
काठमाडौँ । सशस्त्र प्रहरी बलको कीर्तिपुरस्थित विद्यालयमा भएको करिब ११ करोड रुपैयाँ हिनामिना प्रकरणमा पक्राउ परेकी इन्सपेक्टर कल्पना गुरुङ र उनका साथी लीलाबहादुर लामाविरुद्ध...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायअन्तर्गत स्नातकोत्तर तह प्रथम सत्रको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएको घटनाबारे सत्य तथ्य पत्ता लगाउन छानबिन समिति गठन गरिएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend