Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • आजदेखि तीन दिन राष्ट्रिय शोक


    मंगलबार, असोज १५ २०८१
    2.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । बाढी–पहिरो र डुवानका कारण भएको धनजनको क्षतिप्रति दुःख व्यक्त गर्दै सरकारले तीन दिन राष्ट्रिय शोक घोषणा गरेको छ ।

    सोमबार बसेको मन्त्रिपरिषद बैठकले आज (मंगलबार) देखि ३ दिन राष्ट्रिय शोक घोषणा गरेको हो ।

    आजदेखि तीनदिनसम्म सरकारी कार्यालयहरुको झण्डा आधा झुकाइने सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिए । तर सार्वजनिक बिदा भने नदिने भएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार