Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • बाढी-पहिरोबाट अहिलेसम्म १२९ जनाको मृत्यु


    आइतबार, असोज १३ २०८१
    1.7K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । बाढी-पहिरो र डुबानमा परी हालसम्म १२९ जना जनाको मृत्यु भएको छ भने ६२ जना बेपत्ता भएका छन् ।

    नेपाल प्रहरीका अनुसार विपद्मा परी ८६ जना घाइते भएका छन् भने अहिलेसम्म ३ हजार २६६ भन्दा बढीको उद्धार गरिएको छ ।

    बाढी पहिरोमा परी सबैभन्दा बढी ललितपुरमा २०, धादिङमा १५, काठमाडौँमा १२, काभ्रेमा १०, मकवानपुरमा ७, सिन्धुपाल्चोकमा ६, सोलुखुम्बु, पाँचथ र भक्तपुरमा ५-५ जनाको ज्यान गएको छ ।

    बाढीपहिरो प्रभावित क्षेत्रमा खोजी र उद्धारका लागि २० हजार भन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको प्रहरीले जानकारी दिएको छ  ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार