काठमाडौँ । विजयकुमार शाह परिवारले काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (केआइओसिएच) को बाल शल्य चिकित्सा इन्टेन्सिभ केयर युनिट पिएसआइसियू र डे केयर सर्जरी शाखाको आवश्यक भौतिक संरचना निर्माणका लागि ४ करोड रुपैयाँ सहयोग प्रतिबद्धता जनाएको छ ।
काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (केआइओसिएच) वरिष्ठ चिकित्सक डा. भगवान कोइरालाको पहलमा खोल्न लागिएको छ ।
शाह परिवारका तर्फबाट गरिएको योगदानले नेपालमा बालस्वास्थ्य सेवामा उल्लेखनीय सुधार गर्नेछ । जसका माध्यमबाट विशेष स्याहारको आवश्यकता परेका बालबालिकाहरुको गम्भीर अवस्थाको शल्यक्रिया गर्न सकिनेछ । शाह परिवारको महत्वपूर्ण सहयोगको सम्मान गर्दै पिएसआइसियू र डे केयर सर्जरी शाखाको तल्लालाई रुस्लान पिएसआइसियू नामाकरण गरिनेछ ।
वि.स. २०८१ भाद्र १३ गते, शाह परिवारले प्राथमिक चरणमा १ करोड रुपैयाँ केआइओसिएचलाई प्रदान गरिसकेको छ । जसका माध्यमबाट यस अभियानमा शाह परिवारको गहिरो चासो, योगदान र संलग्नता प्रष्ट भएको छ । गैर नाफामूलक संस्था जेजीआई नेपाल फाउण्डेसन (जेजिआइएनएफ), ले यस सहयोग प्रक्रियाको समन्वय एवं सहजीकरण गरीरहेको छ । यद्यपी, यो सहयोग शाह परिवारको निजी पुँजिबाट प्रदान गरीएको हो । कुल सहयोग प्रतिबद्धता मध्ये बाँकि ३ करोड रुपैयाँ निर्माण योजना सुरु भएपछि जेजीआई नेपाल फाउण्डेसनको समन्वय र सहजीकरणमा आर्थिक रुपमा प्रदान गरिनेछ । सबै सहयोग रकम विजय कुमार शाहको निजी सम्पत्तिबाट गरिएको हो । प्रस्तुत सहयोग तिन पटक सम्म नेपालकै शिर्ष करदाता भएका विजय कुमार शाहको परोपकार र सामाजिक उत्तरदायित्व समर्पणको प्रतिबिम्ब बनेको छ ।
यस नयाँ पिएसआइसियू र डे केयर सर्जरी शाखाद्धारा सेवाको खाँचोमा रहेका बालबालिकालाई विशिष्ट सहयोग हुनेछ । स्वास्थ्य उपचारका निम्ति अन्य मुलुक धाउनुपर्ने बाध्यता समेत यसको निर्माणले कम हुन जानेछ । शाह परिवारको परोपकारी सहयोगका कारण नेपालको बालस्वास्थ्य सेवाको उल्लेखनिय सुधार हासिल हुनेछ विश्वास लिएको छ ।
यस सहयोगले शाह परिवारको परोपकारको इतिहासलाई मजबुत बनाउँदै नेपाली समाज प्रतिको यस परिवारको दृढ उत्तरदायित्व बोध रहेको कुरा स्पष्ट पारेको छ ।
काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले दसैँ बिदामा पनि स्वास्थ्य सेवा उपलब्ध गराउन संघ तथा प्रदेशका सबै अस्पताललाई आग्रह गरेको छ । उक्त मन्त्रालयले...
काठमाडौँ। आमा र नवजात शिशुको नैसर्गिक अधिकार सुनिश्चित गर्दै स्तनपानको संरक्षण, प्रवर्द्धन र सहयोग गर्न स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले ‘मातृशिशुमैत्री स्वास्थ्य संस्था कार्यक्रम...
काठमाडौँ। सरकारले सामुदायिक विद्यालयप्रति विद्यार्थी र अभिभावकको बढ्दो आकर्षणलाई थप मजबुत बनाउने उद्देश्यका साथ पूर्वाधार विकासको योजना अघि बढाएको छ। उत्कृष्ट नतिजा हासिल गर्दै आइका...
जनकपुर । आईसीयू अभाव हुँदा सर्पदंशका बिरामीको उपचारको क्रममा मृत्यु भएको घटनालाई लिएर प्रादेशिक अस्पताल जनकपुरका निर्देशक डा. जामुनप्रसाद सिंह मधेश प्रदेशअन्तर्गतको स्वास्थ्य तथा...
काठमाडौं । स्वास्थ्य सेवा बिभागको महानिर्देशकको दरबन्दी १२ औं तहको हो । तर स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले ११ औं तहका बालरोग बिशेषज्ञ डा....
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend