Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कोशी ब्यारेजमा दुईतर्फी यातायात सुचारु


    आइतबार, असोज १३ २०८१
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • सुनसरी । सप्तकोशी नदीले कोशी ब्यारेजको जलसतह घट्नेक्रममा रहेपछि दुईतर्फी यातायातका साधन सुचारु गरिएको छ ।

     

    यद्यपी अहिले पनि खतरनाक विन्दु पनि पारको अवस्थामा रहेको सप्तकोशी जलमापन केन्द्रले जानकारी दिएको छ । यसअघि जलसतह बढेर पुल माथि नै आएपछि सवारी आवागमन बन्द गरिएको थियो ।

     

    आइतबार साँझ सप्तकोशीको जलसतह ३ लाख ५० हजार क्युसेक प्रतिसेकेण्ड भन्दा तल झरेको केन्द्रले जानकारी दिएको छ । अहिले पनि ब्यारेजका सबै ५६ ढोका खोलिएको छ  ।

     

    यस बर्ष कोशी ब्यारेजमा पाँच दशकमै सबै भन्दा बढी जलसतह मापन गरिएको छ । आज बिहान जलसतह ६ लाख ६१ हजार क्युसेक प्रतिसेकेण्डसम्म पुगेको थियो ।

     

    सप्तकोशी जलमापन केन्द्रले कोशी ब्यारेजमा हाल एक लाख ५० हजार क्युसेक बहाव हुनेबित्तिकै खतराको सूचक भन्दै रातो झन्डा र बत्ती बाल्ने गरिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार