Nepal Face
  • बुधबार, १२ कार्तिक २०८३
  • कोशी ब्यारेजबाट खसेको बसका सबै यात्रुको उद्धार


    बिहिबार, असोज १० २०८१
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • विराटनगर । कोशी ब्यारेजबाट नदीमा खसेको यात्रुबाहक बसमा सवार २६ जनाको उद्धार गरिएको छ । विहिबार साँझ करिब ६ बजे यात्रुबाहक बस कोशी ब्यारेजको ढोका नम्बर ३४ र ३५ बाट तल खसेको थियो ।

    पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को १ ख ४६०१ नम्बरको नरसिंह डिल्क्स यात्रुबाहक बस कोशी ब्यारेजको ३४/३५ नम्बर ढोकामा खसेको थियो ।

    बसमा सवार सबै यात्रुको सकुशल उद्धार गरिएको प्रहरीले जनाएको छ । अहिले उनीहरुको स्थानीय स्वास्थ्य केन्द्रमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार