Nepal Face
  • बुधबार, १२ कार्तिक २०८३
  • बाराको कोल्हवीमा जंगली हात्ती मृत फेला


    आइतबार, असोज ६ २०८१
    1.8K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • सञ्जय मिश्रा

    बारा । बाराको कोल्हवी नगरपालिका अन्तर्गत राष्ट्रिय निकुन्जछेउमा वस्यक जंगली हात्ती मृत फेला परेको छ ।

    स्थानीय कोल्हवीी नगरपालिका २ भलुवाही खोर जङ्गल छेउमा जंगली हात्ती मृत फेला परेको हो । अहिले नेपाल प्रहरी , सशस्त्र प्रहरी र डिभिजन वन कार्यालय बाराको टोली घटनास्थलमा पुगेको छ।

    घटनास्थल पुगेका इलाका प्रहरी कार्यालय कोल्हवीका प्रमुख इन्स्पेक्टर किशन बस्नेतले घटनाको पुष्टि गरेका छन् । इन्सपेक्टर बस्नेतका अनुसार हात्तीको सुँढमा सामान्य खतसँगै केही रगतको टाटा देखिएको छ । घटनाबारे बिस्तृत विवरण आउन बाँकी रहेको इलाका प्रहरी कार्यालय  कोल्हबीले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार