काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्टीङ अप्रेसनमा नियन्त्रणमा लिएका करिब ४ सय जनालाई सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले एकैपटक सफाइ दिने आदेश दिएपछि पुनर्वहाली भएका एक प्रहरी निरीक्षकले पछिल्ला दिनमा चटक देखाउन थालेका छन् ।
प्रहरी बृत्त बानेश्वरको मुद्दा फाँटमा कार्यरत इन्स्पेक्टर सुशोभन श्रेष्ठले विभिन्न कामले आउने सेवाग्राहीहरुको सम्पर्क नम्बर माग्ने, फोन गर्ने जस्ता हर्कत देखाउँदैआएको आरोप छ । त्यतिमात्र होइन, उनले बृत्तको हिरासतमा रहेका महिला कैदीहरुलाई राति १० बजे बोलाएर अनेक तरहले ह्यारेसमेन्ट गर्ने गरेको आरोप पनि लागेको छ ।
त्यतिमात्र होइन, उनले एक प्रहरी जवानलाई आफ्नो घुमुवा भएको घोषणा गरेका छन् । तर ती जवानको काम भने इन्स्पेक्टर श्रेष्ठको भिडियो खिच्ने रहेको छ । जुन भिडियो श्रेष्ठले फेसबुकको रिलदेखि टिकटकमा हाल्ने गरेका छन् ।
इन्स्पेक्टर श्रेष्ठलाई अख्तियारको सुर्खेत कार्यालयको टोलीले १५ हजार घुससहित नियन्त्रणमा लिएको थियो ।
इलाका प्रहरी कार्यालय, बाबियाचौर, सुर्खेतको प्रमुख रहेका इन्स्पेक्टर श्रेष्ठ र प्रहरी जवान तिलक लामिछानेले सुनचाँदी पसल चोरी भएकोमा चोर पक्राउ गर्न सहजीकरण गरिदिएवापत सेवाग्राहीबाट घुस रकम माग गरेको सूचनाको आधारमा आयोगको कार्यालय, सुर्खेतबाट खटिएको टोलीले पञ्चपुरी नगरपालिका वडा नं २ स्थित प्रहरी चौकी सालकोटको परिसरबाट भाग्दै गरेको अवस्थामा पक्राउ गरेको थियो ।
अख्तियारले इन्स्पेक्टर श्रेष्ठसहित दुबै जनालाई विशेष अदालतमा मुद्दा दायर गरेकोमा विशेषले ठहर गरेको थियो । तर सर्वोच्च अदालतमा चोलेन्द्रशमशेर प्रधानन्यायाधीश भएपछि अख्तियारको पैसा दिएर घुसमा दिएर पक्राउ गर्न नपाउने आदेशपछि श्रेष्ठले सफाइ पाएका थिए । सफाइ पाएपछि महाराजगंजको २ नम्बर गणमा खटिएका उनी केही समयअघि बानेश्वर बृत्तमा सरुवा भएका थिए ।
काठमाडौं। झापामा हवाई फायर गरेर १५० ग्रामभन्दा बढी खैरो हेरोइनसहित दुईजना पक्राउ परेका छन्। लागुऔषध नियन्त्रण ब्यूरोका अनुसार झापा गाउँपालिका–१ सालमारास्थित नेपाल–भारत सीमाक्षेत्रबाट १५०.१४०...
काठमाडौँ। प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले देशभरका विभिन्न प्रहरी कार्यालयका प्रमुखहरूलाई समसामयिक विषयमा आवश्यक निर्देशन दिएका छन्। प्रहरी प्रधान कार्यालयका विभागीय प्रमुखहरूको समेत उपस्थितिमा आयोजित भर्चुअल...
काठमाडौँ । लुम्बिनी प्रदेश सभाका सभामुख तुलाराम घर्ती, प्रदेश सभा सचिव दुर्लभ कुमार पुनसहित पाँच जनाविरुद्ध जालसाजी मुद्दा दायर भएको छ । जनता समाजवादी पार्टी...
काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको गोलबजार नगरपालिकाका तत्कालीन नगरप्रमुख ९पूर्वमेयर० देवनाथ साह तेलीसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारले पूर्वमेयर तेली, उपमेयर...
काठमाडौं । प्रहरी प्रधान कार्यालयले ११ प्रहरी कर्मचारीलाई एक साताभित्र कार्यालयमा उपस्थित हुन निर्देशन दिएको छ । प्रहरी प्रधान कार्यालयको कानुन शाखाले मंगलबार सूचना जारी...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend