CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 82
काठमाडौं । गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय लगायतले मातहतका प्रहरी कार्यालयहरूबाट काज फिर्ता पठाउने, दरबन्दी भएकै ठाउँमा बसेर काम गर्न बारम्बार निर्देशन दिएपनि मधेश प्रदेश अन्तर्गतको जिल्ला प्रहरी कार्यालय पर्सामा उक्त निर्देशन लागु भएको देखिँदैन ।
पर्सा जिल्लामा केही यस्ता प्रहरी कार्यरत छन् जो दुई दशकभन्दा लामो समयदेखि अड्डा जमाएर बसेका छन् जिल्लाका एसपी र प्रदेशका डिआईजी मात्र होइन, हेडक्वार्टरमा जो सुकै आईजीपी आए पनि पर्सा जिल्लाबाट यिनीहरूलाई अन्त पठाउने आँट उनीहहरूले गर्दैनन् । वर्तमान आईजीपी वसन्तबहादुर कुँवरले पनि काजमा बसेकाहरुको विवरण थाहा नपाएर हो कि किन हो फिर्ता भएका छैनन् ।
हेडक्वार्टरले नै हल्लाउन नसकेपछि यिनीहरू दुई दशम लामो समयदेखि पर्सा जिल्लामै खुल्ला साँढे जस्तै बस्दै आएको चर्चा प्रहरीभित्र छ ।
शान्ति सुरक्षा तथा अन्य विभिन्न प्रयोजनले प्रहरी निरीक्षक एवं सोभन्दा माथिल्लो पदमा कार्यरत रही एक वर्ष भन्दा बढी बस्न नपाइने तथा अन्य दर्जाका प्रहरीको हकमा भने एकजना प्रहरी कर्मचारी दुईदेखि तीन बर्षमात्र एउटै जिल्लामा बस्न पाउने प्रहरी नियमावलीविपरीत केही प्रहरीहरु वर्षौँदेखि पर्सा जिल्लामै बसेर जागिर खाइरहेका छन् ।
प्रहरी नियमावली तथा प्रचलनलाई धोती लगाउँदै पर्सामा प्रहरी जवानदेखि प्रहरी नायब निरीक्षक तहसम्मका प्रहरीहरू १० देखि २३ वर्षसम्म डेरा जमाएर बसेका छन् । २०५८ सालदेखि ती प्रहरी कर्मचारीहरूले पर्सा नछोडेको पाइएको जिल्ला प्रहरी कार्यालय स्रोत बताउँछ ।
देशको अन्यत्र प्रदेश र जिल्लामा सरुवा भएर पनि प्रनानि आदर्श खतिवडा पटक पटक गरी ५ वर्ष भन्दा लामो समयदेखि, पर्सामा डेरा जमाएर बसेका प्रहरी सहायक निरीक्षकमध्ये मित्रबहादुर राई २३ वर्षदेखि, प्रसनि नेत्रबहादुर खड्का, प्रसनि मीना बडाल १५ वर्षमाथि, प्रसनि नन्दकला टमाटा २० वर्ष, प्रसनि नरेन्द्र पौडेल ६ वर्षभन्दा माथि, प्रबह प्रेम भण्डारी २० वर्ष माथि, प्रबह दलबहादुर थापा, १० वर्षमाथि, प्रह कमला तामाङ १० वर्ष, प्रह बसन्त माया राना १०वर्ष, प्रह उमेश यादव ६ वर्ष माथि, प्रह विजया कार्की, प्रह ज्योती खाती १० वर्षमाथि, प्रह टिका श्रेष्ठ १० वर्ष माथि, प्रह लक्ष्मी श्रेष्ठ १० वर्षमाथि, प्रसह नवीन पाल ८ वर्ष माथि, प्रज सुशील पटेल ४ वर्ष माथि, प्रसह विज्ञान थापा १२ वर्षमाथि, प्रसह अजिता घिमिरे १० वर्षमाथि, प्रसह शिवशंकर यादव, प्रज धनमाया दाहाल ८ वर्ष, प्रज। विश्वजित सिंह ८ वर्ष, प्रज शुशिला नेपाली ६ वर्षमाथि, प्रह। अनिरुद्ध यादव ४वर्ष, प्रज गंगा राई ४ वर्ष, प्रज जय मण्डल ४ वर्षमाथिदेखि पर्सामा अड्डा जमाएर बसेका छन् ।
प्रसनि हुँदा देखि लिएर हाल प्रनानि हुँदासम्म आदर्श खतिवडा पर्साका कमाउ अड्डा मानिने अधिकांश नाकाको चौकीको जिम्मेवारीमा खटिसकेका छन्, हाल उनी ग्रामीण भेगको तस्करीको मूख्य केन्द्र मानिने भिस्वा चौकीका इन्चार्ज छन् ।
त्यस्तै कहिले दरबन्दी अनि कहिले काज गर्दै विगत २३ वर्षदेखि पर्सामै रहेका प्रसनि मित्रबहादुर राई हाल जिल्ला प्रहरी कार्यालयको जिन्सीमा कार्यरत छन् । प्रसनि नेत्रबहादुर खड्का, प्रसनि नरेन्द्र पौडेल कहिले दरबन्दी र कहिले काज मिलाएर पटक–पटक पर्सामै बस्ने गरेका छन् । हाल उनी इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीमा कार्यरत छन् भने गंगा राई पटेर्वा सुगौलीमा घुमुवाको रुपमा कार्यरत छन् । उनले सो क्षेत्रबाट लागु औषध गाँजाका तस्करदेखि गिट्टी–बालुवाको अवैध उत्खनन र निकासी गर्नेहरु तथा काठ तस्करहरुसँग समन्वय गरेर व्यवसायिक आचरण विपरीत कार्य गरे पनि जिल्लाका हाकिमहरु कसैले उनलाई चलाउने आँट गर्दैनन् ।
त्यस्तै प्रसनि मीना बडाल सामुदायिक प्रहरी सेवा केन्द्र मीना बजारमा कार्यरत छन् । प्रसनि नन्दकला टमाटा महिला सेलमा कार्यरत छन् भने प्रबह प्रेम भण्डारी वडा प्रहरी कार्यालय विर्तामा छन् । त्यस्तै वप्रह दलबहादुर थापा हवल्दार मेजरको रुपमा कार्यरत छन् भने प्रह बसन्तमाया राना प्रहरी कन्ट्रोलमा र प्रह ज्योति खाती टूरिस्ट प्रहरीमा कार्यरत छन् । त्यस्तै प्रह टीका श्रेष्ठ जिल्ला संचारमा, प्रसह अजिता घिमेरे संचारमा कार्यरत छन् ।
प्रह उमेश यादव सीमा नाकाबाट हुने तस्करी कार्यमा संलग्न तस्कर, अवैध कारोबारीहरूसँग राम्रो सम्बन्ध भएका विवादित प्रहरी हुन् । यिनी जहिले पनि हाकिमहरूलाई रिझाएर घुमुवा बस्ने र तस्करीको लाइन मिलाउने तथा समन्वय गर्ने काममा अनुभवी भएकैले पनि केही समयअघि वडा प्रहरी कार्यालय बिर्तामा घुमुवा बसेर तस्करहरूबीच राम्रो सम्बन्ध बनाए । असुली कलामा निपूण मानिएकै कारण प्रह उमेश यादवलाई क्राइम टोलीमा राखिएको बताइन्छ ।
त्यस्तै प्रसह नबीन पाल पर्सामा ८ वर्ष भन्दा लामो समयदेखि अड्डा जमाएर बसेका छन् । पर्साबाट हुने तस्करी, दुई नम्बरी कारोबार, जुवाखाल जस्ता कानुन विपरीत क्रियाकलाप हुने स्थान एवं व्यक्तिहरूबारे पालको राम्रो सम्बन्धका कारण पर्सामा आउने हाकिमहरूले घुमुवाको रुपमा परिचालित गर्ने गरेका छन् ।
पाल वडा प्रहरी कार्यालय श्रीपुर र जिल्ला प्रहरी कार्यालयमा समेत पटक–पटक काज दरबन्दीमा आएर घुमुवाकै जिम्मेवारी पाउने गरेका छन् । प्रहरी उपरीक्षक ढुंगेल बाहिरबाट इमानदारीताको स्वाङ देखाउँदै हिंडे पनि यिनका बदनाम प्रह उमेश यादव र प्रसह नबीन पाल लगायतका घुमुवाको गतिविधिप्रति मौन देखिन्छन् ।
उता प्रज सुशील पटेल वडा प्रहरी कार्यालय श्रीपुरमा घुमुवाको रुपमा कार्यरत छन् । सुशील पटेलले सो एरियामा हुने अवैध कारोबार, मदिरा भट्ठीलगायतबाट समन्वय गरेर प्रहरी निरीक्षक र जिल्ला प्रहरी प्रमुखसमेतको लागि समन्वय गर्दै आइरहेकाले लामो समयदेखि वडा प्रहरी कार्यालय श्रीपुरको घुमुवाको रुपमा एकछत्र राज गर्दै आएका छन् । पटक–पटक सरुवा हुने र काज एवं दरबन्दी मिलाएर पुनः पर्सामै आएर डेरा जमाएर बस्ने अर्का भाग्यमानी प्रहरी हुन् प्रसह शिवशंकर यादव । यादव अहिले जिल्ला प्रहरी कार्यलयको क्राइम शाखामा कार्यरत छन् ।
त्यस्तै धनमाया दाहाल क्राइम पर्सा, प्रज विश्वजित सिंह क्राइम अफिसमा कार्यरत छन् भने प्रज सुशीला नेपाली मुद्दा शाखामा कार्यरत छन् ।
वडा प्रहरी कार्यालय विर्तामा बर्र्दीमै देखिने गरे पनि घुमुवाको रुपमा कार्यरत प्रह अनिरुद्ध यादव भने ४ वर्षदेखि पर्सामा छन् । उनको दरबन्दी जिल्ला बाहिर रहेको छ । प्रह अनिरुद्ध यादव वडा प्रहरी कार्यालय विर्ताका इन्चार्ज प्रनिको विश्वास पात्र व्यक्ति हुन् ।
तस्कर, अवैध कारोबारीहरुसँग राम्रो हिमचिम भएका अनिरुद्ध यादवले सो क्षेत्रबाट अवैध रुपमा हुने तस्करी, कैसिनो तथा अवैध कारोबार गर्नेहरुसँग कार्यालय प्रमुखको समन्वय गराइदिने गरेका कारण पनि अन्यत्र जिल्लामा दरबन्दी भए पनि अड्डा जमाएर बस्न सफल भएको प्रहरीभित्रै चर्चा चल्ने गरेको छ ।
त्यस्तै इलाका प्रहरी कार्यालय पोखरियामा कार्यरत प्रज जय मण्डल त्यहाँका प्रहरी निरीक्षकका विश्वास पात्र प्रहरी हुन् । उनी हाल पोखरियाको घुमुवामा कार्यरत छन् । सिरहा दरबन्दी भएका मण्डलसहितको अर्को एक जना घुमुवालाई केही समयअघि जिल्ला प्रहरी कार्यालयले तानेको भए पनि पोखरियाका इन्स्पेक्टरले मण्डल आफ्नो विश्वासपात्र भएको भन्दै फिर्ता बोलाएर राखेका छन् ।
देशकै सबैभन्दा दुई ठूला भन्सार नाका तथा खुल्ला सीमानाका कारण हुने वस्तु आयात निर्यात एवं अवैध चोरी तस्करीमा अग्र स्थानमा रहँदै आएको पर्सा जिल्ला सुरक्षाको दृष्टिले चुनौतीपूर्ण र संवेदनशिल मानिन्छ । अझै त्यसमा हुने खेलो फड्कोका लागि पनि पर्सा धेरैको रोजाइमा पर्छ ।
भलै वीरगंजमा लामो समयसम्म कार्यरत रहेका प्रहरीहरू गलत कामकै लागि राखिएको नहुन सक्छन् । तर, तस्करी हुने मालसमानको लाइन मिलाइदिने देखि राजनीतिक अपराध लुकाउनसम्मका लागी पर्सामा सरुवा गराएर नजिकका प्रहरी राख्ने चलन रहँदै आएको छ ।
प्रहरी नियमावली अनुसार शान्ति सुरक्षा वा अन्यत्र विभिन्न प्रयोजनले एक प्रहरीले बढीमा एउटै जिल्लामा २ देखि ३ वर्ष र प्रहरी निरीक्षकदेखि माथिल्लोस्तरमा बढीमा एक वर्षसम्म एउटा जिल्लामा बस्नुपर्ने नियम भए पनि मधेश प्रदेशमा प्रहरी नियमावलीले कसैलाई छुन सकेको देखिंदैन ।
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन खेलका लागि अनलाइन टिकट बुकिङ खुलेको आधा घण्टामै टिकट सकिएको छ। प्रतियोगिताको आधिकारिक टिकटिङ...
काठमाडौँ। नयाँ दिल्लीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबिच संक्षिप्त भेटवार्ता भएको छ। अर्थ मन्त्रालयका अनुसार नयाँ दिल्लीस्थित ताज प्यालेस होटलमा आयोजित...
काठमाडौं । सरकारले मुख्यसचिव र सचिवहरूलाई सवारीसाधन खरिदका लागि ६० लाख रुपैयाँसम्म ऋण व्यवस्थापन गर्ने भएको छ । सरकारी कर्मचारीका लागि सवारीसाधन व्यवस्थापन सम्बन्धि निर्देशिका,...
काठमाडौँ। रास्वपा सभापति रवि लामिछानेले आफ्नो भ्रमण नितान्त व्यक्तिगत प्रयोजनका लागि रहेको स्पष्ट पारेका छन् । पत्नी निकिता लामिछानेसहित भारत भ्रमणमा निस्किएका लामिछाने शुक्रबार बिहान...
काठमाडौँ। नेपाल राष्ट्र बैंकले वेब प्रविधि (पीएचपी) मा विश्वव्यापी रूपमा देखिएको गम्भीर सुरक्षा जोखिमलाई मध्यनजर गर्दै आफ्नो वेबसाइटलगायतका सेवाहरू अस्थायी रूपमा बन्द गरेको जनाएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend