काठमाडौं । प्रहरीका उच्च अधिकारीसँग घनिष्ट सम्बन्ध भएकी र नारायणकाजी श्रेष्ठ गृहमन्त्री हुँदा प्रहरीका सरुवा बढुवा समेत गराउनसक्ने सपना लामिछाने हिरासतमा पुगेकी छन् । डीएसपी, एसपी र एसएसपीको सरुवा बढुवा नै गराउने हैसियत भएकी ती महिलाको नारायणकाजी गृहमन्त्री हुँदाको चुरीफुरी प्रहरीका धेरैले बयान गर्ने गर्थे । तिनै महिला आफैं प्रहरीको हिरासतमा पुगेकी छन् ।
प्रहरी बृत्त महाराजगंजले उनलाई अपराधिक उपद्रवको जाहेरी परेपछि शुक्रबार पक्राउ गरेको छ । सिर्जना बस्नेतले अपराधिक उपद्रवको जाहेरी दिएपछि उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडांैका प्रवक्ता नवराज अधिकारीले बताए ।
काठमाडौंको महादेवस्थान कोटेश्वरमा एउटा घर सिंगै लिएर रेष्टुरेन्ट संचालन गर्दैआएकी लामिछानेको एक पुरुषसँग परिचय हुन पुग्यो । समयक्रममा उनीहरु नजिकिए । सम्पत्तिवाला छन् भन्ने थाहा पाएकी उनले ती पुरुषसँग दोहन गर्न थालिन् । धेरै नै माग गर्न थालेपछि उनी विस्तारै टाढिए । आफूबाट टाढिनासाथ लामिछानेले उनलाई बिहे गर्छु भनेर शोषण गरेको जाहेरी दिइन् । प्रहरीले ती पुरुषलाई पक्राउ त गर्यो, तर अभियोग पुष्टि नभएपछि तीन महिनामा अदालतबाट छुटे । अदालतबाट छुटेर आफ्नै किसिमले बस्न थालेका ती पुरुष र उनीसँग बस्ने महिलालाई धेरै नै तनाव दिन थालेपछि उनका बिरुद्ध सिर्जना बस्नेतले अपराधिक उपद्रवमा महाराजगंजमा जाहेरी दिएपछि प्रहरीले उनलाई पक्राउ गरेको बताइएको छ ।
प्रहरीले पक्राउ गरिसकेपछि लामिछानेले आफ्नो एआईजीदेखि प्रहरीका उच्च अधिकारीहरुसँग पहुँच देखाउँदै छुट्ने प्रयास समेत गरेको प्रहरी स्रोत बताउँछ । छुट्ने प्रयास असफल भएपछि उनी हिरासतमा नबसी बिरामी भएको डाक्टरको सिफारिस बनाउन लगाई अस्पतालमा जाने दाउमा प्रहरीका हाकिमहरुलाई भनसुनमा लागेकी छन् । उनले २ एसपी र एक एआईजीको नामै लिएर अस्पतालमा बस्ने वातावरण मिलाउने दाउमा लागेकी छन् ।
काठमाडौं। झापामा हवाई फायर गरेर १५० ग्रामभन्दा बढी खैरो हेरोइनसहित दुईजना पक्राउ परेका छन्। लागुऔषध नियन्त्रण ब्यूरोका अनुसार झापा गाउँपालिका–१ सालमारास्थित नेपाल–भारत सीमाक्षेत्रबाट १५०.१४०...
काठमाडौँ। प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले देशभरका विभिन्न प्रहरी कार्यालयका प्रमुखहरूलाई समसामयिक विषयमा आवश्यक निर्देशन दिएका छन्। प्रहरी प्रधान कार्यालयका विभागीय प्रमुखहरूको समेत उपस्थितिमा आयोजित भर्चुअल...
काठमाडौँ । लुम्बिनी प्रदेश सभाका सभामुख तुलाराम घर्ती, प्रदेश सभा सचिव दुर्लभ कुमार पुनसहित पाँच जनाविरुद्ध जालसाजी मुद्दा दायर भएको छ । जनता समाजवादी पार्टी...
काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको गोलबजार नगरपालिकाका तत्कालीन नगरप्रमुख ९पूर्वमेयर० देवनाथ साह तेलीसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारले पूर्वमेयर तेली, उपमेयर...
काठमाडौं । प्रहरी प्रधान कार्यालयले ११ प्रहरी कर्मचारीलाई एक साताभित्र कार्यालयमा उपस्थित हुन निर्देशन दिएको छ । प्रहरी प्रधान कार्यालयको कानुन शाखाले मंगलबार सूचना जारी...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend