Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नेपाल पनि मंकीपक्सको जोखिममा छ : स्वास्थ्य मन्त्रालय


    सोमबार, भाद्र ३ २०८१
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । सरकारले नेपाल पनि मंकीपक्सको जोखिममा रहेको बताएको छ । स्वास्थ्य मन्त्रालयले एक विज्ञप्ती जारी गर्दै गएको बर्ष नेपालमा एक ६० बर्षिय विदेशी महिलामा मंकीपक्स देखिएको भन्दै नेपालमा पनि यसको जोखिम रहेको बताएको हो ।

    मन्त्रालयले पुर्व तयारी स्वरूप स्वास्थ्य विज्ञहरुको सुझाव लिइरहेको, १११५ नम्बरको कल सेन्टर संचालन गरिरहेको तथा हवाई तथा जमिनका नाकाहरुमा रहेका हेल्थ डेस्कहरु संचालन बारे तिनै तहका निकायलाई सतर्क गराएको बताएको छ ।

    विश्व स्वास्थ्य सांगठनले गत साता मंकीपक्स अर्थात एमपक्सलाई विश्वव्यापी संकटको घोषणा गरेको थियो । यो संक्रमणबाट अहिलेसम्म कंगोमा मात्र ५४८ जनाको मृत्यु भैसकेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार