Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • दोहोरो नागरिकता लिएका सर्राफ सुनचाँदी व्यवसायी संघको उम्मेदवार


    बुधबार, साउन ३० २०८१
    1.8K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • वीरगंज । दुई देशको नागरिकता धारण गरेका विवादित कारोबारी पर्सा सुनचाँदी व्यवसायी संघको उपाध्यक्ष पदमा उम्मेदवारी दिने तयारीका साथ व्यवसायीहरूसँग भोट मागिरहेको पाइएको छ ।

    साउन ३२ गतेलाई निर्धारण गरिएको पर्सा सुनचाँदी व्यवसायी संघको चौथो अधिवेशनमा प्रवेशकुमार सर्राफको प्यानलबाट दोहोरो नागरिकता लिएका बच्चा सर्राफको नामले कुख्यात रामनरेश साह सोनारले उपाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गर्दै मतदाता व्यवसायीहरूसँग भोट मागिरहेको पाइएको छ ।

    भारतमा बच्चा साह सोनार र नेपालमा रामनरेश साह बनेर दुई देशको नागरिकताधारी सुन चाँदी व्यवसायीको आवरणमा अनेकौँ धन्धा गरेर छोटो अवधिमा करोडौँको सम्पत्ति जोड्न सफल भएका छन् । बच्चा सोनारले नक्कली कागजात पेश गरी नेपाली नागरिकता लिएको भन्दै उनीविरुद्ध जिल्ला प्रशासन कार्यालय पर्सा र गृह मन्त्रालय लगायतका निकायमा उजुरी परेको भए पनि पैसाको बलमा उनी कारवाहीबाट जोगिँदै आएका छन्न् ।

    सर्राफले द्वैध नागरिकको हैसियतमा अवैध कारोबारबाट अकूत सम्पत्ति आर्जन गरेको भन्दै सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा उजुरी समेत परेको र उक्त विभागसमेतलाई प्रभावमा पारेर उनी कारवाहीबाट उम्कँदै आएकोमा आफू सुरक्षित हुनका लागि महाधिवेशनमा उम्मेदवार बनेको व्यवसायीहरू बताउँछन् ।

    नेपालमा रामनरेश साहको नामले नागरिकता हासिल गरेका भारत बिहार आदापुर सिर्सियाकालाका स्थायी बासिन्दा बच्चा सोनारका छोरा केही समयअघि लागुऔषध कारोबार गरेको आरोपमा रंगेहात फेला परेका थिए । यस्ता अवैध कारोबार गर्ने द्वैध नागरिकहरूलाई चुनावमा काँध थाप्नेहरू भोलिका दिनमा रैथाने सुन व्यवसायीहरूका लागि के गर्लान् चासोको विषय बनेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार