Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • रास्वपा महामन्त्री ढकाल भन्छन्- मुखमा कालो टेप लगाएर बैठकमा छु


    बुधबार, असार २० २०८१
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महासचिव डा. मुकुल ढकालले मुखमा कालो टेप लगाएर केन्द्रीय समिति बैठकमा सहभागी भएको जानकारी दिएका छन् ।

    आज बिहानदेखि शुरु भएको केन्द्रीय समितिको बैठकको प्रत्यक्ष प्रशारण नगर्ने निर्णयको विरोधमा महामन्त्री ढकालले आफ्नो लोकतान्त्रिक र बोल्न पाउने अधिकार हनन् भएको भन्दै मुखमा कालो टेप लगाएर उपस्थित भएको बताएका छन् ।

    आजको रास्वपाको बैठकमा महामन्त्री ढकालले देशभर घुमेर बनाएको प्रतिवेदनमाथि छलफल गर्ने प्रमुख एजेण्डा रहेको छ ।

    सभापति रवि लामिछाने निकट नेता कार्यकर्ताहरुले भने महासचिव ढकालले गर्लफ्रेन्ड र आफूलाई पढाउने शिक्षकलाई सांसद बनाउँदा पनि पार्टीको आन्द्राभुँडी मिडियामा दिएको भन्दै बिरोध गरिरहेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार