Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • रास्वपामा बबन्डर, महामन्त्री ढकाललाई सोधियो स्पष्टीकरण


    शनिबार, असार १६ २०८१
    1.8K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को अनुशासन आयोगले पार्टीका महामन्त्री डा मुकुल ढकाललाई स्पष्टीकरण सोधेको छ । महामन्त्री ढकालले पेश गरेको प्रतिवेदन मिडियामा सार्वजनिक गरेको भन्दै उनलाई स्पष्टीकरण सोधिएको हो ।

    महामन्त्री ढकालले देशका ३८ जिल्ला घुमेर १ महिना लामो समीक्षा यात्रापछि बुधबार ३२ पेजको प्रतिवेदन पार्टी सभापति तथा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई बुझाएका थिए । जुन प्रतिवेदन मिडियामा छरपष्ट भएपछि रास्वपाभित्र बबन्डर मच्चिएको छ । रास्वपा बालेन साहसँग मिलेर अगाडि नबढे विवेकशील साझा पार्टी जस्तै हुने भविष्यवाणीसहितको प्रतिवेदन उनले दिएका छन् ।

    ढकालले आफ्नो प्रतिवेदन पार्टीलाई बुझाउनुअघि नै मिडियामा प्रचारबाजी गरेको भन्दै पार्टीभित्र व्यापक विरोध भइरहेको छ ।

    उनले प्रतिवेदनमा रास्वपा तत्काल सरकारबाट हट्नुपर्ने, एमाले माओवादीसँगको साँठगाँठ त्यागेर काठमाडौंका मेयर बालेन हाल र धनगडीका मेयर गोपी हमालसँग मिल्नुपर्ने सुझाव दिएका थिए ।

    अनुशासन आयोगले महामन्त्री ढकाललाई शुक्रबार स्पष्टीकरण पत्र दिइएको बताइएको छ ।

    तर महामन्त्री ढकालले आफूलाई सभापतिले अहिलेसम्म स्पष्टीकरण नसोधेको बताएका छन् । उनले भनेका छन्, ‘मलाई अहिलेसम्म पार्टी सभापतिले स्पष्टीकरण सोध्नुभएको छैन ।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार