विशाल बस्नेत
महोत्तरी । सडकमा जीवन ब्यतित गरिरहेका बेसहराहरुको आश्रयका लागि महोत्तरीमा हाम्रो माया घर भवन निर्माण प्रक्रिया अगाडि बढाइएको छ ।
भवन निर्माणार्थ प्रारम्भिक चरणमा शिव पुराण महायज्ञको आयोजना गरिएको माहायज्ञ मूल समितिका संयोजक हिरालाल गौतमले जानकारी दिए ।
दाताहरुले प्रदान गरेको ५ कठ्ठा जग्गासमेत भवन निर्माणार्थ घेरावार भइसकेको छ । भवन निर्माणका आधारहरु तयार भएसँगै २१ साउनदेखि २९ साउनसम्म महायज्ञ पुराण आयोजना गरिएको आयोजक पक्षले जनाएको छ ।
पुराणको माध्यमबाट आयोजकले १ करोड ५० लाख भन्दा बढी चन्दा संकलन गर्ने लक्ष्य लिएका छन् । व्यवस्थापकीय पाटोबाट झण्डै २५ लाख खर्च हुने अनुमान गरिएको उक्त महायज्ञ मानव सेवासगँ जोडिएको अभियान भएको हुनाले यथेष्ट मानिसहरु सहभागी हुने बिश्वास लिइएको छ ।
महायज्ञलाई सफल बनाउन विभिन्न उपसमिति समेत वनाइएको छ । भवन निर्माण सम्पन्न हुँदासम्म ११ करोड लागत अनुमान गरिएको छ भने बजेटको सुनिश्चितताका लागि स्थानीय, प्रदेश र संघ सरकारलाई अनुरोध गरिने संयोजक गौतमले जानकारी दिए ।
देशैभरीका सडक बालबालिका, सडक मानव र सहाराविहीनहरका लागि महत्वपूर्ण कोशेढुंगा सावित हुने स्थानियहरुले बिश्वास लिएका छन् । न्युज कारखाना
काठमाडौँ । जुवा खेल्ने तथा सट्टाबाजी गर्ने गरेको आरोपमा सुर्खेत प्रहरीले ५५ जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सुर्खेतले वीरेन्द्रनगर नगरपालिकाका विभिन्न वडामा...
काठमाडौँ। झापाको दक्षिणी सीमावर्ती क्षेत्र झापा गाउँपालिकामा चौपाया तस्कर र सशस्त्र प्रहरीबीच झडप हुँदा एकजना घाइते भएका छन्। नेपालबाट भारततर्फ अवैध रूपमा लैजाँदै गरिएका...
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले गाई तिहारका दिन गाईको पूजा गरेका छन् । उनले राष्ट्रपति भवन शीतल निवासमा धनधान्यकी देवी लक्ष्मीको प्रतीकस्वरूप गाईको पूजा गरेका...
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली संस्कृति कमजोर हुँदै गएको भन्दै यसप्रति सबै नेपाली सजग हुनुपर्ने बताएका छन् । सोमवार...
काठमाडौं । नेपाली काँग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले पार्टीको महाधिवेशनमा आर्थिक चलखेल भएको भन्दै सामाजिक सञ्जालमा भइरहेका प्रचार आधारहीन भएको बताएका छन् । आज सोमवार...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend