Nepal Face
  • शनिबार, ८ कार्तिक २०८३
  • बंगलादेशले नेपाललाई दियो १०७ रनको लक्ष्य


    सोमबार, असार ४ २०८१
    1.3K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ । बंगलादेशले नेपाललाई १०७ रनको लक्ष्य दिएको छ ।

    जारी टी-२० विश्वकपको समुह डी अन्तर्गतको खेलमा टस हारेर पहिला ब्याटिंग गरेको बंगलादेशले १९.३ ओभरमा अल आउट हुदै १०६ रन बनाएको हो ।

    बंगलादेशका लागि शकिब अल हसनले सर्बाधिक १७ रन बनाए भने महमुदुल्लाह र रिशाद होसैनले १३-१३ रन बनाएका थिए । त्यस्तै जाकेर अलीले १२ र लिटन दासले १० रन बनाएका थिए ।

    त्यस्तै यस खेलमा नेपाली बलरले शानदार बलिङ गरेका थिए । बलर सोमपाल कामी, दिपेन्द्र सिंह ऐरी, रोहित पौडेल र सन्दीप लामिछानेले २-२ विकेट लिएका थिए ।

    सन्दीपले यस खेलमा २ विकेट लिएसँगै टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा सय विकेट पुरा गरेका छन् । ५४ खेलमा १०० विकेट लिएका सन्दीप छिटो सय विकेट खेलाडीको सूचीमा राशिद खानपछि दोस्रो स्थानमा रहेका छन् । राशिदले ५३ खेलमा सय विकेट लिएका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार