Nepal Face
  • शुक्रबार, ७ कार्तिक २०८३
  • सहकारी ठगीसम्बन्धी संसदीय छानबिन समितिको कार्यविधि पारित


    आइतबार, असार ३ २०८१
    2.8K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । सहकारीको बचत रकम ठगीसम्बन्धी  छानबिन गर्न बनेको संसदीय छानबिन विशेष समितिको कार्यविधि पारित भएको छ । आइतबार बसेको समितिको बैठकमा मस्यौदामाथि छलफल पश्चात छानबिन प्रक्रियाको कार्यविधि पारित भएको हो ।

    समितिले विगतमा विभिन्न छानबिन समिति,जाँचबुझ आयोग लगायतले विगतमा अध्ययन गरेका प्रतिवेदन उपलब्ध गराउन यस अघि नै पत्राचार गरेको र धेरै जसो उपलब्ध भइसकेको तथा बाँकी उपलब्ध गराउन बैठकले फेरी निर्देशन दिएको छ ।

    समितिले आगामी दिनमा संघीय सहकारी मन्त्रालय, सहकारी विभाग, सहकारी बोर्ड र समस्याग्रस्त सहकारीका व्यवस्थापनसँग छलफल गर्ने तयारी गरेको छ ।  समितिले सहकारी ठगी  प्रकरणमा नाम मुछिएका व्यक्तिहरुसँग पनि सोधपुछ गर्ने भएको छ ।

    आजको बैठकमा कांग्रेस, एमाले, माओवादी केन्द्र र राप्रपाका प्रमुख सचेतक, टीओआर निर्माण गर्दा बनेको कार्यदलका सदस्यहरु सहभागी थिए ।

    गत जेठ १५ गते गठन भएको समितिमा एमाले सांसद सूर्य थापा संयोजक रहेका छन् भने एमालेकी सरिता भुसाल, कांग्रेसबाट इश्वरीदेवी न्यौपाने र बद्री पाण्डे, राप्रपाबाट ध्रुवबहादुर प्रधान, माओवादी केन्द्रबाट लेखनाथ दाहाल र रास्वपाबाट शिशिर खनाल सदस्य रहेका छन् ।

    समितिलाई तीन महिनाभित्र कार्यसम्पन्न गरि प्रतिवेदन बुझाउने कार्यादेश दिइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार